नमुना कलेजमा अध्ययनरत विद्यार्थीले बनाए रोबोट

  • माघ ६, २०७६
  • कालापानी मिडिया
alt


इटहरी । सुनसरीको इटहरी नमुना कलेजमा अध्ययनरत विद्यार्थीले बहु उपयोगी रोबोट निर्माण गरेका छन् । कलेज , विधालय अफिस तथा रेस्टुरेन्टमा रिसेप्सनको काम गर्न सक्ने गरी विशेष किसिमको प्रविधि जडित रोबोट बनाएका हुन् । उक्त रोबोटलाई वाइफाइको माध्यमबाट कम्प्युटर तथा मोबाइल एपको प्रयोग गरी नियन्त्रण गर्न सकिने रोवर्टको आवीस्करकर्ता विद्याथी प्रदिप शर्माको भनाइ छ । विद्यार्थीहरुले आफ्नै कलेजको सहयोगमा विभिन्न खालका नयाँ–नयाँ प्रबिधियुक्त सामाग्रीहरु निर्माण गर्न थालेपछि शिक्षकहरु समेत दंग पर्न थालेका छन् ।

विद्यार्थीहरुले बनाएका सामाग्री विद्यालयले विभिन्न स्थानमा हुने मेला महोत्सवमा प्रदर्शननै गर्ने गरेको छ । इटहरीमा जारी क्यान इन्फोटेकमा विद्यार्थीहरुले रोबर्टको पद्र्धशनी गरीरहेका छन ।माघ १ गते देखी सुरु भएको क्यान इन्फोटेक मेला सञ्चालन भइ रहेको छ । नयाँ नयाँ सूचना प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले कम्प्युटर एशोशिएसन नेपाल सुनसरीले हरेक वर्ष क्यान इन्फोटक सञ्चाल गर्दै आएको छ । मेलाको भ्रमण गरेर सूचना प्रविधिको क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिको विषयमा जानकारी प्राप्त गर्न सकिने क्यान सुनसरीका अध्यक्ष विशाल वास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved