अवैधानिक आप्रवासी कामदारहरुको हितमा मलेसिया सरकारः वैधानिक भएर बस्न पाउने समय अवधि थप

  • पुस ९, २०७८
  • कालापानी मिडिया
alt

क्वालालम्पुर / अवैधानिक आप्रवासी कामदारहरुको हितको निम्ति  मलेसिया सरकारले वैधानिक भएर बस्न पाउने (रिक्यालिब्रेशी पुलाङ्) कार्यक्रमको समय अवधि तेस्रोपटक थप गरेको छ ।

मलेसिया सरकारले गत बर्ष २०२० को डिसेम्बर महिनादेखि यहाँ रहेका अवैधानिक हैसियतमा रहेका आप्रवासी कामदारहरुलाइ अध्यागमन विभागले निर्धारण गरेको सर्त बमोजिम पुन: वैधानिक भएर बस्न पाउने कार्यक्रमको समय अवधि तेस्रोपटक थप गरेको हो।

मलेसियन अध्यागमन विभागको कार्यालयले आज सामाजिक संजाल मार्फत उक्त कुरा उल्लेख गरेको छ । प्रेस बिज्ञप्तिका अनुसार ‘यहीँ डिसेम्बर २२ तारिखदेखि विभिन्न क्षेत्रमा अवैधानिक हैसियतमा काम गर्दै आएका विदेशी श्रमिकहरुले स्वदेश फर्किन र पुन वैधानिक भएर बस्न पाउने कार्यक्रम (रिक्यालिब्रेशन पुलाङ्) को समय अवधि ३० जुन २०२२ सम्मलाई पुन तेस्रोपटक थप गर्ने निर्णय गरिएको छ ।’

मलेसिया सरकारले यो कार्यक्रम २०२० को डिसेम्बरदेखि नै सञ्चालनमा ल्याएको भए पनि कोभिड १९ को कारण यस कार्यक्रम लामो सम्म प्रभावित बन्न पुगेको थियो । कोभिड १९ नियन्त्रण उन्मुख बन्दै गएपछि यो कार्यक्रम प्रभावकारी रूपमा संचालन हुँदै आएको छ । विभागको अनुसार २०२१ को डिसेम्बर २१ तारिखसम्ममा १ लाख ९२ हजार २८१ जना अवैधानिक आप्रवासी कामदारहरु स्वदेश फर्किनलाई आवेदन दिईसकेका छ्न् भने, कुल आवेदक मध्य अहिलेसम्म १ लाख ६२ हजार ८२७ जना अवैधानिक आप्रवासी श्रमिक मलेसियाबाट स्वदेश फर्किसकेका छ्न्।

अहिलेसम्म पनि यस कार्यक्रम मार्फत कम्पनीहरु खोजेर बैधानिक हुन चाहनाने र स्वदेश फर्किन चाहाने कामदारहरु मलेसियाको अध्यागमन मुख्यालय पुत्राजय र केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किनेहरुको चाप बढेर स्थिति सम्हाल्न गाह्रो परिरहेको अवस्था थियो । स्वदेश फर्किनेहरुले समयमा नै फिङ्गरिङ्ग गर्न नपाएर कतिपयको हवाई टिकटको समयावधि सकिएर हवाई उडानसमेत प्रभावित हुँदैआएको थियो। विमानस्थलमा अध्यागमन मुख्यालयमा आप्रवासी कामदारहरुको चापलाई मध्य नजरगर्दै समय अवधी थप गर्नु परेको अध्यागमन विभागले जनाएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा भएको तथ्यांकअनुसार अवैधानिक आप्रवासी कामदारहरु मध्ये सबैभन्दा धेरै इन्डोनेसियन नागरिक ९९ हजार ४७ जना,  २६ हजार ८२१ जना बङ्लादेशी नागरिक, २३ हजार ८४४ भारतीय र बाँकी ४२ हजार ५६९ मा नेपाल, भियतनाम, थाइल्यान्ड, कम्बोडिया, म्यानमार,श्रीलङ्का लगाएतका देशका अवैधानिक श्रमिकहरु स्वदेश फर्किएको जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved