नागरिक उड्डयनमन्त्री आलेद्वारा विमानस्थालको सुरक्षा र सरसफाइमा ध्यान दिन निर्देशन

  • पुस १०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन तथा निरीक्षण गरेका छन् । अनुगमनका क्रममा मन्त्री आलेले विमानस्थलमा सुरक्षा र सरसफाइमा विषेश ध्यान दिन कर्मचारीलाई निर्देशन दिए ।

विमानस्थलमा यात्रुको चाप बढी हुने भएकाले यहाँका सौचालयदेखि अन्य क्षेत्र सफा र चिटिक्क हुनुपर्ने मन्त्री आलेको निर्देशन थियो । उनले भने, “विमानस्थलमा यात्रुको चाप बढी हुन्छ, यहाँ आन्तरिक तथा विदेशी पर्यटकसमेत आगमन गर्ने हुँदा सौचालयदेखि पसल सफा राख्नुस्, खानेकुरा पनि ताजा होस् ।”

भारत भ्रमणबाट आजै स्वदेश फर्किएका मन्त्री आलेले विमानस्थलमा रहेका एअर ट्राफिक कन्ट्रोल (एटिसी) टावर, रार्डर सिष्टमबारे जानकारी लिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रशाद गुरागाइँले बताए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन विभागका निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले भने, “एटीसीको कन्ट्रोलरूपमै पुगेर मन्त्रीज्यूले जानकारी लिनुभयो, उहाँको अनुगमनले हाम्रो काम गर्ने मनोबलसमेत बढेको छ, सबै कर्मचारी खुशी भएका छौँ ।”

मन्त्री आलेले करिब तीन घण्टाजति त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अनुगमन तथा निरीक्षण गरेका थिए । अनुगमनकै क्रममा उनले विमानस्थलमा सञ्चालनमा रहेका सटल बस सेवाको प्रभावकारिताको पनि जानकारी लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved