काठमाण्डाै । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदाताले दिएको मतदानले वरीयाता कायम गरेको बताएका छन् । १४औं महाधिवेशनपछि पहिलो पटक गृह जिल्ला मोरङ पुगेका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको बताएका छन् ।
कांग्रेस केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य मनोनीत गर्दै २०औं नम्बरको वरीयता कायम गरेको थियो । कार्यकर्ताको माया नै आफ्नो वरीयता हुने उनको तर्क रहेको थियो ।
उनले सभापतिमा हार बेहोर्नुमा आफ्नो पनि कमजोरी भएको बताएका छन् । डा. शशांक कोइराला र सुजाता कोइरालाप्रति लक्षित गर्दै उनले आफ्नै भाइ-बहिनी तथा नेतालाई मिलाउन नसक्नु कमजोरी भएको बताए ।
उनले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनसमेत कार्यकर्तालाई आग्रह गरेका छन् । निर्वाचन आयोगले वैशाख २० गते भित्रमा स्थानीय तहको निर्वाचन गर्ने भनेर भनिसकेकोले आफू अहिले त्यसमै व्यस्त हुने उनले बताए । तपाई निकटकालाई सभापति शेरबहादुर देउवाले टिकट दिनु हुँदैन होला नि भन्ने प्रश्नमा उनले त्यस्तो नहुने जवाफ दिएका थिए ।
विधानमै पराजित उम्मेदवार केन्द्रीय कमिटीमा रहने भन्ने उल्लेख गरिएको भन्दै नेता कोइरालाले केन्द्रीय कमिटीको बैठकमा भने सहभागी हुने संकेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved