राजालाई गाली गरेर राजनीति गर्ने दिन गए -अध्यक्ष लिङदेन

  • पुस १२, २०७८
  • कालापानी मिडिया
alt

नवलपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएकाले पुनः लिकमा हिडाउन जरुरी भएको बताएका छन् । राप्रपाको आज नवलपुरको कावासोतीमा आयोजित पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठक र आमसभालाइ सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सही ट्र्याकमा हिँडाउन सकिन्छ’ तर केही दलका नेताले यदाकदा आफ्नो गल्ती र कमीकमजोरी ढाकछोप गर्न राजालाई गाली गर्ने प्रवृत्ति बढेको छ, राजालाई गाली गरेर राजनीति गर्ने र राजनीति टिकाउने दिन अब गए।’

270183855_5110418085635677_5541159047129195853_n

अध्यक्ष लिङ्देनले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको, लुटतन्त्रलाइ परास्त गर्न बलियो राष्ट्रवादी केन्द्रको जरुरत रहेको र राप्रपा जनताको भरपर्दो शक्ति बन्दै गएको बताउँदै लोकतन्त्र र जनताको सर्वोच्चता प्रति राप्रपा प्रतिबद्ध राजनीतिक शक्ति भएको दाबी गरे।

270140897_10224243720775161_3362408213054998401_n-768x333

राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले कांग्रेस र कम्युनिस्ट शासन गर्न असफल प्रमाणित भइसकेको उल्लेख गर्दै विकास, प्रगति र समृद्धिका लागि अब नेपाली जनतासँग पर्खने समय नरहेको उल्लेख गरे।

269989285_5110417902302362_5566382412898745457_n

अर्का उपाध्यक्ष ध्रुबबहादुर प्रधानले देशका विकृति विसंगतिका विरुद्ध जनता आन्दोलित हुनुपर्ने बेला आएको र जनताको तागत पटकपटक परिवर्तन गरिसकेका राजनीतिक शक्तिलाई अवगत रहेको स्मरण गराए। कार्यक्रममा महामन्त्री भुवन पाठक, नेताहरू निलकण्ठ काफ्ले, हेमजङ गुरुङ, विन्दु पहाडी पौडेल, ताहिर अली, विष्णु अधिकारीलगायतले सम्बोधन गरेका थिए। विस्तारित बैठक मंगलबारसम्म चल्नेछ।

270191178_5110418215635664_5634330515578978722_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved