माओवादी केन्द्र महाधिवेशन : राजनीतिक प्रतिवेदनमा प्रचण्डले खुट्याए आफ्ना मुख्य तीन गल्ती

‘नेता-कार्यकर्ताले पद र स्वार्थलाई महत्व दिंदा क्रान्तिकारी यात्रा बिग्रियो’

  • पुस १२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रुपमा ती वटा गल्ती गरेको खुट्याएका छन् । सोमबार माओवादी केन्द्रको महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै उनले आफ्नो आत्मसमीक्षा गरेका छन् ।

प्रचण्डले पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव मनमा विद्रोहको नीति लिनुलाई पहिलो गल्ती भनेका छन् । उनले प्रतिवेदनमा भनेका छन्, ‘विद्रोहको कुरै गर्नु हुँदैनथ्यो, त्यहाँ गल्ती भयो ।’ प्रचण्डले सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि आफ्नो गल्ती औंल्याएका छन् । ‘सेना समायोजनका बेला पर्सनल बिजनेस डिल जस्तो गरियो, केन्द्रीय समितिको म्याण्डेट पनि लिइएन, पार्टीमा छलफल पनि गरिएन, यो गल्ती भयो’ उनले भनेका छन् ।

प्रचण्डले प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि गल्ती भनेका छन् । ‘यसबारे पार्टीको कुनै तहमा छलफल पनि भएन, कि प्रचण्डपथ विचार नै होइन भन्नुपथ्र्यो, विचार थियो भने (यसलाई स्थगित गर्नेबारे) छलफल गर्नुपथ्र्यो’ उनले भनेका छन् । तर उनले यसको अर्थ प्रचण्डपथ पुनर्स्थापित गर्नुपर्छ भन्ने नभएको पनि प्रष्टीकरण दिए । ‘यो सन्दर्भ सामग्री मात्र भयो, यसलाई संश्लेषण गरेर अगाडि बढ्ने हो’ प्रचण्डले भने ।

‘नेता-कार्यकर्ताले पद र स्वार्थलाई महत्व दिंदा क्रान्तिकारी यात्रा बिग्रियो’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेता-कार्यकर्ताले व्यक्तिगत स्वार्थ र पद, प्रतिष्ठालाई महत्व दिँदा पार्टी बिग्रँदै गएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा नेता-कार्यकर्तामा विकसित हुँदै गएको चरम स्वार्थी प्रवृत्तिले माओवादीलाई क्रान्तिकारी रूपान्तरणमा लैजाने विषय जटिल बन्दै गएको उल्लेख छ । माओवादी शान्ति प्रक्रियामा आएदेखि अहिलेसम्म के-के कुरामा कमजोरी भयो भन्ने विषयमा प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गरेका प्रचण्डले वृहत् योजना र सुधार विना पार्टी अघि बढ्न नसक्ने उल्लेख गरेका छन् ।

प्रचण्डले प्रतिवेदनमा पार्टी रूपान्तरण गर्दै जाँदा निजी सम्पत्ति छाडेर सामुहिक जीवन पद्धति अँगाल्ने विषय कत्तिको सम्भव छ भनेर प्रश्न गरेका छन् । यस्तै एक खालको सामन्तवाद र निरङ्कुशताको अन्त्य भए पनि अहिले नयाँ-नयाँ स्वरूपमा सामान्तवाद देखिन थालेको भन्दै प्रचण्डले सम्भावित प्रतिगमन र निरङ्कुशताको सामना गर्न क्रान्तिकारी कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीच मोर्चाबन्दी हुनुपर्ने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved