बन्दसत्रमा प्रस्तुत प्रचण्डको प्रतिवेदनमाथि आजदेखि प्रतिनिधिबीच सामुहिक छलफल हुँदै

  • पुस १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुँदैछ । हिजो अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडादेखि एनवान पार्टी प्यालेससम्ममा समूहगत छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
समूहका संयोजक र ठाउँहरू

समूह १- ज्येष्ठ क्युनिस्ट मञ्च– एमके प्रसाईं (संयोजक), ठाउँ मञ्च अगाडि ।

समूह २ र ३- सल्लाहकार परिषद– नन्दकुमार थापा (संयोजक), मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुईवटा ।

समूह ४ र ५- प्रदेश १ का प्रतिनिधि– हर्क नेम्वाङ (संयोजक), ठाउँ भानुभक्त हल ।

समूह ६ र ७- प्रदेश २ का प्रतिनिधि– गणेश साह (संयोजक), पारिजात हल, यो पनि दुई भागमा

समूह ८ र ९- लुम्बिनी प्रदेशका प्रतिनिधि– चक्रपाणि खनाल (संयोजक), सिद्विचरण हल, पुस्तकालयनेर

समूह १० र ११- गण्डकी प्रदेशका प्रतिनिधि– गायत्री गुरूङ (संयोजक), पेरिसडाँडाको माथिल्लो हल

समूह १२- प्रवास समितिका प्रतिनिधि– लक्ष्मण पन्त (संयोजक), पेरिसडाँडा मजदुर हल

समूह १३ र १४- कर्णाली प्रदेशका प्रतिनिधि– विमला केसी (संयोजक), एनवान पार्टी प्यालेस, बानेश्वर, दुइवटा हलमा ।

समूह १५ र १६- सुदूरपश्चिम प्रदेशका प्रतिनिधि– खगराज भट्ट (संयोजक), एवान पार्टी प्यालेस, अर्को हल

समूह १७ र १८- केन्द्रीय विभागका प्रतिनिधि– मायाप्रसाद शर्मा (संयोजक), क्वालिटी ब्यांकेट, बुद्धनगर,

समूह १९- विशेष प्रदेशका प्रतिनिधि- जगत सिंखडा (संयोजक), क्वालिटी ब्यांकेट, बुद्धनगर

समूह २० र २१- सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि- श्रीकृष्ण अधिकारी (संयोजक), क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार

समूह २२ र २३- बागमती प्रदेशका प्रतिनिधि-सरल सहयात्री (संयोजक), काठमाडौं ब्याकेट

समूह २४- सम्पूर्ण आयोगका प्रतिनिधि- विष्णुविकास श्रेष्ठ (संयोजक), काठमाडौ व्यांकेटम

समूह २५- जबस, मोर्चाका इन्चार्जहरू, एकता प्रक्रियामा आएकाहरू- अमृता थापा (संयोजक), काठमाडौं ब्याकेटम

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved