सन् २०२१ मा जलवायुजन्य विपद्का कारण विश्वभर अर्बौँ अमेरिकी डलर बराबरको आर्थिक क्षति

  • पुस १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । सन् २०२१ मा जलवायुजन्य विपद्का कारण विश्वभर अर्बौँ अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको छ ।

हालै सार्वजनिक भएको एक प्रतिवेदनका अनुसार जलवायु परिवर्तनका कारण विश्वभर कम्तीमा १० वटा मौसमी अति विषमका घटना भएका छन् ।

प्रतिघटना एक अर्ब ५० करोड अमेरिकी डलर बराबरको क्षति भएको पाइएको छ । अमेरिकामा गएको अगस्टमा आएको आइडा आँधी तथा जुलाईमा युरोपमा आएको बाढीका कारण सबैभन्दा बढी क्षति भएको छ । बाढी तथा आँधीले तुलनात्मक रुपमा गरिब देशमा गम्भीर असर पारेको अध्ययनको निष्कर्ष छ ।

गरिब देशका नागरिक विस्थापित हुनुपरेको छ भने जनजीवनमा ठूलो असर पारेको पाइएको छ । दक्षिणी सुडानमा बाढीका कारण ८ लाखभन्दा बढी मानिस विस्थापित भएको तथा भारत, श्रीलङ्का र माल्दिभ्समा ताउते आँधीबाट दुई लाख मानिस विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल आईपीसीसीले यसअघि सार्वजनिक गरेको विवरणमा पनि विश्वभर जलवायुजन्य विपद्का घटना बढेको उल्लेख गरेको थियो । साथै विश्वभरि नै चरम मौसमी गतिविधि, बाढी, पहिरो, वर्षा, खडेरी, अनियन्त्रित डढेलोका घटनाहरू बढेको र त्यस्ता घटना अझै बढ्न सक्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved