बिहीबार सार्वजनिक विदा दिने सरकारको निर्णय

  • पुस १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं। सरकारले बिहीबार सार्वजनिक विदा दिने तयारी गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकेको छ । मन्त्रिपरिषदले यसको निर्णय गरेपछि बिदा तय हुनेछ । बिहीबार गुरुङ समुदायले मुख्य गरी मनाउने तमु ल्होसार परेको छ । यही अवसरमा सरकारले विदा दिन लागेको हो ।

त्यस्तै, तमु समुदायको पर्व ल्होसारका अवसरमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गअन्तर्गतको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा सेन्चुरी युवा क्लबको आयोजनामा आइतबारदेखि चारदिने ल्होसार मेला सुरु भएको छ ।

ल्होसार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ आयोजित २० औँ संस्करणको मेलामा भलिबल, बास्केटबल, छेलो हान्ने, घैटो फुटाउनेलगायतका प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत भलिबलका लागि १४ टिम र बास्केटबलतर्फ १० टिम दर्ता भएको उहाँले जानकारी दिनुभयो । दुवै प्रतियोगिताको विजेता टिमले रु २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो र तेस्रो हुने टिमले क्रमशः रु १५ र आठ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

मेलामा हुने छेलो हान्ने प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता र मेच घुमाइ प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कार दिइने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । मेलाको एक कार्यक्रमका बीच उद्घाटन गर्दै नेकपा एमाले नेता एवं पूर्वयुवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पर्यटन क्षेत्र कोरोनाले समस्याग्रस्त बनेकाले उत्थानका योजनाबारे सोच्नुपर्ने बताउनुभयो ।

आफू युवा तथा खेलकुदमन्त्री हुँदा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता९साग० सम्पन्न गरेर देशको प्रतिष्ठा राखेको बताउँदै उहाँले त्यस समयमा युवा तथा खेल क्षेत्रको विकासमा केही महत्वपूर्ण काम भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved