समितिका निर्देशन पालना गर्ने मन्त्री आलेको प्रतिबद्धता

  • पुस १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले संसदीय समितिहरूले दिएको निर्देशन आफूले हुवहु पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मङ्गलवार प्रतिनिधिसभाअन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले समितिले दिएको निर्देशन पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

उनले सरकारी स्वामित्वमा रहेको एक सय ४८ रोपनी जग्गा तारागाउँ विकास समितिले आफ्नो नाममा पारेको र यसलाई फिर्ता गराउने सम्बन्धमा समितिले पनि निर्देशन दिएको उल्लेख गर्दै सो जग्गा फिर्ता ल्याउने प्रतिबद्धता जनाए । ‘तपाईंहरूले दिएका निर्देशन पालना गर्नेछु भन्ने म प्रतिबद्धता जाहेर गर्न चाहन्छु,’ उनले भने, ‘तारागाउँ विकास समितिको कुरा एकदमै गम्भीर छ । एक सय ४८ रोपनी जग्गा आफ्नो नाममा राखिएको छ । सरकारको अधिनमा रहेको जग्गा कुनै व्यक्ति, प्राइभेट कम्पनीमा राख्न मिल्दैन ।’ 

मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट अभाव भएको बताए । विमानस्थल निर्माणका लागि आठ हजार ५० हेक्टर जमिन विमानस्थलको नाममा आइसकेको भए पनि बजेट अभावका कारण काम सम्पन्न हुने नसकेको उनले जानकारी दिए । त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा रिठ्ठे डाँडाको कटान प्रक्रिया पनि छिट्टै अगाडि बढाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved