विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ मा रहेको अजय मेडिकोका संचालक तथा फर्मासिस्ट सकलदेव कामत कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोपमा मोरङ कटहरी गाउँपालिका – ३ का २६ वर्षिय राम कुमार कामतलाई मोरङ प्रहरीले सोमबार राती पक्राउ गरेको हो ।
पक्राउ परेका कामतलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबा अर्भद्र व्यवहारको मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको ्मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका कामतले स्वास्थ्यकर्मी कामतलाई विराटनगरबाट घर गइरहेका बेला करिब दुइ महिना अगाडी कुटपिट गरेका थिए ।
पक्राउ परेका कामतसहित पाँच जनाको समूहले स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोप छ । कुटपिट गरेपछि उनी फारर थिए । फरार भएका कामतलाई घरदेखि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विराटनगरबाट को ३५ प ३०५५ नम्बरको मोटसाइकलमा कटहरी घर फर्किदै थिए । बाटो छेकेर राम कामतसहितका पाँच जनाको समूहले पाइप र मुक्काले निर्घात कुटपिट गरेर फरार भएका थिए ।
फर्मासिस्ट कामतलाई २३ कार्तिकमा राति आठ बजेको समयमा कुटपिट गरेको पीडितको भनाइ छ । कुटपिटबाट कामतको अनुहारलगायतको विभिन्न भागमा चोटपटक लागेको थियो ।
आक्रमण गर्ने राम कामतसहित युवाको समूह केही दिन अगाडि अजय मेडिकोमा ‘कपसिरफ’ माग्न आएका थिए । कपसिरफ नदिदा पुरानो रिसिइबीलाई लिएर आक्रमण गरेको पीडितको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved