भत्ताकाण्डले नेपाल लाईफ इन्स्योरेन्स कारबाहीमा : यी हुन विमकको रकममा रजाइँ गर्ने सञ्चालक !

  • पुस १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । आफूलाई नेपालकै नम्बर एक विमा कम्पनिको रुपमा दाबी गर्दै आएको नेपाल लाईफ इन्स्योरेन्सका सञ्चालकहरुले विमकको रकममा रजाइँ गरेको फेला परेको छ । सञ्चालकहरुले ऐन विपरित विभिन्न उपसमितिमा बसेर लाखौँ रुपैयाँ भत्ता अपचलन गरेको फेला परेको हो । भत्ता बुझेको प्रमाणित भएपछि नियामक निकाय विमा समितिले कारबाही समेत गरेको छ ।

समितिका अनुसार नेपाल लाईफले सञ्चालकहरूलाई नियमविपरीत एकभन्दा बढी समिति÷उपसमितिमा आबद्ध गराएको र योग्यता नपुगेको व्यक्तिलाई नायब महाप्रबन्धक पदमा नियुक्त गरेको लगायत विषयमा समितिले कारबाही गरेको हो ।

यही पुस ६ गते बसेको समितिको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । ‘उक्त कम्पनीमा १४ वटा समिति÷उपसमितिमध्ये सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवाल ८ र विमल ढकाल ३ वटा समिति÷उपसमितिमा संयोजक रहेको देखिन आएको हुँदा यस समितिबाट जारी बिमकको संस्थागत सुशासनसँग सम्बन्धित निर्देशिका २०७५ को व्यवस्थाविपरीत रहेको देखियो,’ समितिको निर्णयमा भनिएको छ ।

निर्देशिकामा एउटा समिति तथा उपसमितिम संयोजक रहेको रहेको सञ्चालक अर्को समिति वा उपसमितिमा संयोजक हुन नपाउने व्यवस्था छ ।अग्रवाल नेपाल चेम्बर अफ कमर्सका पूर्व उपाध्यक्ष समेत हुन् । ऐन विपरित भत्ता खानकै लागि विभिन्न उपसमितिमा बसेको उनीमाथि आरोप छ । उनले नेपाल लाईफ इन्स्योरेन्सका विभिन्न उपसमितिमा बसेर २८ लाख ९० हजार रुपैयाँ भत्ता नै बुझेका छन् । अग्रवालले बैठक भत्ता मात्रै २७ लाख १० हजार रुपयाँ बुझेको विमासमिति स्रोतले बतायो । त्यस्तै मासिक भत्ता मात्रै एक लाख ८० हजार रुपैयाँ बुझेको विमा समितिको ठहर छ ।

स्वतन्त्र सञ्चालकको रुपमा रहेका कमलेश अग्रवालको नाममा नेपाल लाईफ ईन्स्योरेन्समा शेयर समेत नभएको विमा समिति स्रोतले दियोपोस्टलाई जानकारी दिएको छ ।उनले नेपाल लाईफमै कार्यरत सबैभन्दा बढी कर्मचारीले भन्दा बढी भत्ता बुझेको पाइएको हो ।

त्यस्तै अर्का सञ्चालक विमल प्रसाद ढकाल पनि विभिन्न उपसमितिमा बसेर लाखौँ भत्ता कुम्ल्याएका छन् । उनले १५ लाख २० हजार रुपैयाँ अवैध भत्ता असुलेको विमा समिति स्रोतले बतायो । उनले बैठक भत्ता बापत १३ लाख चालिस हजार र मासिक भत्ता बापत एक लाख ८० हजार बुझेको स्रोतको दाबी छ ।यसरी सञ्चालकहरुले नियम विपरित १ करोडभन्दा बढी भत्ता नै बुझेको विमा समितिको ठहर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved