नयाँ बसपार्कको गेष्ट हाउसमा महिलामाथि सामुहिक बलात्कार, ८ जना पक्राउ

  • पुस १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाण्डौं / काठमाण्डौंको नयाँ बसपार्कमा एक ३४ बर्षिया महिलामाथि सामुहिक वलात्कार भएको घट्ना सार्वजनिक भएको छ। काठमाडौं–२६ मित्रनगरस्थित नयाँ बसपार्कमा पुस १३ गते रातिदेखि १४ गतेसम्म ति महिलामाथि सामूहिक बलात्कार भएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार महिलामाथि बलात्कार गरेको आरोपमा मंगलबार राति र बुधबारसम्ममा विभिन्न ठाउँबाट ८ जनालाई पक्राउ गरेको छ। बलात्कारमा संलग्न अर्का एक जना फरार रहेको र उनको खोजी भइरहेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

महिलालाई बसपार्कको एउटा गेष्ट हाउसमा लगेर बलात्कार गरिएको सुचना प्रहरी प्रभाग नयाँ बसपार्कमा पुगेको थियो । त्यही सुचनाका आधारमा प्रहरी वृत्त महाराजगन्ज, परिसर र अपराध महाशाखाको टोली अनुसन्धानमा जुटेको थियो।

पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको र उनको स्वास्थ्य सामान्य रहेको एसपी मैनालीले बताए। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved