काठमाडाैँ । नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग सचिव गोविन्द आचार्यले जानकारी दिए ।
उनका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकारबाहेकका पत्रकारलाईसमेत प्रवेशमा कडाइ गरिएको छ ।
प्रचार विभाग सचिव आचार्यका अनुसार साँझ ५ बजेमात्र मिडिया सेन्टरमा प्रवेश दिइनेछ । महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द रहेको र शुक्रबारबाट पनि खोलिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved