राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरु कांग्रेस कम्युनिस्टमा अल्झिएर नबसौं-राजेन्द्र लिङ्देन

  • पुस १६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश र धर्म संकटमा परिरहेको अवस्थामा आम जनताको राप्रपा प्रति नयाँ आशा, विश्वास र भरोसा पैदा भएको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा सामाजिक जीवनका महत्त्वपूर्ण व्यक्तिलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष लिङ्देनले राप्रपामा प्रवेश गरेकोमा पश्चाताप गर्न नपर्ने र कसैको शीर झुक्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । तपाईहरु देश र धर्म जोगाउने पार्टीको सदस्य भइसक्नु भएको छ, अध्यक्ष लिङ्देनले भने,यो अभियानमा जोडिनु भनेको एउटा अवसर हो, हामी सबै मिलेर हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना गरिछाड्छौं ।

हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना होस्, संघीयता खारेजी होस् भन्ने चाहना राख्नेहरु कांग्रेस र कम्युनिस्ट पार्टीमा पनि रहेका र केही मान्छेहरु आफूसंगको सम्पर्कमा रहेको भन्दै अध्यक्ष लिङ्देनले भने,उपयुक्त समय आयो, कांग्रेस कम्युनिस्टमा नअल्झौं, मन एकातिर काम अर्को तिर गर्नुपर्दा ऐठन हुनेछ ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले सामाजिक धार्मिक अभियन्ता अभिषेक जोशी, अभियन्ता अमर परियार, अभियन्ता बुद्ध पुरुष, साधना कला केन्द्रका अध्यक्ष तथा संगीतकार मिलन मोक्तान, कृषि टेलिभिजनका अध्यक्ष, कृषि उद्यमी तेज विक्रम थापा, उद्यमी खेमराज ढकाल, पूर्व एसएसपी दिपक रञ्जित, बौद्ध गुरु लाक्पा तामाङ, नेपालका लागि नेपाली पार्टीका सचिव सुदर्शन थापा, केन्द्रीय सदस्य धार्मिक प्रमुख दिपक सुवेदी, महिला प्रमुख हुमा पाण्डे सहित सो पार्टीका विभिन्न तहका नेताहरू, शिवसेना नेपालका केन्द्रीय सदस्य कुमार बस्नेत लगायत सामाजिक जीवनका विभिन्न महत्त्वपूर्ण १४३ जनालाई आज केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा पार्टीको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गर्नुभएको छ ।

271006447_10224262916055031_6551814376176232625_n 271133809_10224262919495117_6237308953396927664_n 271017517_10224262920135133_207266875594208504_n 270062753_10224262915735023_7055780310434884775_n 270120598_10224262916615045_317292027068090144_n 270936357_10224262917855076_5830292517752916386_n 270232299_10224262916335038_3281275224914226720_n 270307063_10224262918135083_6330846281800781265_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved