काठमाडौ । सवारी दुर्घटनामा एक जनाको निधन भएको घटनालाई लिएर अवस्था विग्रदै गएपछि सर्लाहीमा जिल्ला प्रशासन कार्यालयले लगाउँदै आएको निषेधाज्ञा फेरी बढाइएको छ । सर्लाहीमा प्रशासन कार्यालेले ५ दिन देखि निषेधाज्ञा जारी गर्दै आएको छ ।
पाँच दिनदेखिको निषेधाज्ञाले जनजीवन अस्तव्यस्त बनेको छ । गत मंगलबार प्रहरीको भ्यानको ठ क्क रबाट एक जनाको ज्यान गएको विषयलाई लिएर सर्लाहीको बयलवासमा जारी निषेधाज्ञा अझै नहटेपछि जाडोमा सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको हो ।
जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा तीन दिनदेखिको निषेधाज्ञालाई भोलि साँझ ७ बजेसम्म थप गरेको छ । स्थानीय प्रशासन र पी डित परिवारबीचको छलफल निश्कर्षमा पुगेपनि सहमति कार्यान्वयन नभएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।
सहमतिअनुसार पी डित परिवारले शव नबुझेपछि शान्ति सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा तेस्रोपटक थप गरिएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले जनाएको छ ।
पाँच दिनअघि प्रहरी भ्यानको ठ क्क रबाट ईश्वरपुर नगरपालिका ५, सखुबनीस्थित खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । घटना शंकास्पद भन्दै आ क्रो शित स्थानीय र बयलवास बजार क्षेत्रका व्यापारीहरूसमेत आन्दोलित भएपछि निषेधाज्ञा लगाइको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved