कता छन् तत्कालिन प्रधानमन्त्री ओलीले तामझामसहित उद्घाट गरेका बिजुली बस?

  • पुस १७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं ।  तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरू तामझामका साथ बिजुली बस चढेर पुल्चोकबाट सिंहदरबार प्रवेश गरे। 

ओलीले ‘विद्युतीय सवारी’ युग सुरु भएको उद्घोष गरे। सन्, २०२० भित्र विद्युतीय सवारीको संख्या २० प्रतिशत पुर्‍याउने घोषणा गरे। तर, विद्युतीय सवारी प्रयोगमा आउनु त परको कुरा, त्यतिबेला उद्घाटन गरिएकै बस कहाँ–कुन अवस्थामा छन् अत्तोपत्तो छैन। 

प्रधानमन्त्री र मन्त्री चढेर उद्घाटन गरिएका बस नै मापदण्डअनुसारका नभएको भन्दै पछि कम्पनीलाई फिर्ता गरिएका थिए। त्यसपछि, कम्पनीले सम्झौतामा उल्लेख भएबमोजिम पाँच वटा बस सरकारलाई दिइसकेको छ।

पर्यटन मन्त्रालयको स्वामित्वमा आएका ती बस दोस्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि प्रयोगमा ल्याइने भनेर लुम्बिनी लगिए। तर, सञ्चालनमा नल्याएर त्यसै अलपत्र छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा तुलसी सुवेदीले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved