डोटीमा पहिलो पटक सुरक्षित खानेपानी बस्ती घोषणा

  • पुस १७, २०७८
  • कालापानी मिडिया
alt

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोलतडागाउँको पूरै बस्तीलाई सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको छ ।

यस बस्तीलाई जिल्लाभरिमा पहिलोपटक सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको हो । बस्तीभरिमा रहेका ७८ घरधुरीमा शौचालय निर्माण गरिनुका साथै मिटरसहितका शुद्ध खानेपानीका धारा जडान गरिएपछि आज सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको वडाध्यक्ष मदन भण्डारीले जानकारी दिएका हुन्।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफ नेपाल र गैरसरकारी संस्था निड्स नेपालको समन्वय र सहकार्यमा यस गाउँलाई सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको निड्स नेपालका दीर्घराज ओझाले बताए । यहाँका सबै घरमा केही महिना अगाडि ‘एक घर एक धारा’ निर्माण भएपश्चात पानीमा शुद्धताको परीक्षण गरी जिल्लामा रहेका सरोकारवाला निकाय, पालिकाको अनुगमनपश्चात औपचारिक कार्यक्रम आयोजना गरी यस बस्तीलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । यस गाउँलाई खुला दिसामुक्त क्षेत्रसमेत घोषणा गरिएको छ ।

विगत वर्षहरूमा यहाँका स्थानीयवासी शुद्ध खानेपानीका लागि स्थानीय द्धाराखोला, सेती नदी र नाउलाको पानी उपभोग गर्न बाध्य थिए । युनिसेफ र निड्स नेपाल संस्थाले ‘एक घर एक धारा’ कार्यक्रमको थालनी गरेर घरआँगनमै पानी पुर्याएपछि पछिल्लो समय सफा, स्वच्छता पानी उपभोग गरिरहेको दिपायल सिलगढी नगरपालिका–५ का स्थानीयवासी दिलबहादुर भण्डारीले बताए ।

उहाँले भन्नुभयो, पानीका लागि निकै समस्या थियो, अहिले घरघरमै शुद्ध पानीका धारा जडान भएका छन्, नागरिकलाई निकै सहज हुनुका साथै समय पनि बचत भएको छ । घरघरमा स्वच्छ खानेपानीका धाराबाट पानी खान पाउँदा यहाँका नागरिक निकै हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved