रियल मड्रिडले अनुबन्धित गर्‍यो १८ वर्षे ब्राजिलियन जिसस

  • माघ ७, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौँ  । स्पेनिस क्लब रियल मड्रिडले १८ वर्षका ब्राजिलियन मिडिफिल्डर रेनिएर जिससलाई अनुबन्धित गरेको छ । रियल मड्रिडले उनलाई २६ मिलियन पाउण्ड स्ट्रलिङ्गमा अनुबन्धित गरेको हो । उनले रियल मड्रिडसँग ६ वर्षको सम्झौता गरेका हुन् ।

उनले गएको जुलाई ३१ मा ब्राजिलियन क्लब फ्लामेङ्गोबाट सिनियर क्लबको खेलमा डेब्यु गरेका थिए । गएको सिजन फ्लामेङ्गोले ब्राजिलियन लिग र दक्षिण अमेरिकी क्लबबिचको लिग प्रतियोगिता कोपा लिबेर्तादोरिसको उपाधि जितेको थियो । सन् २०१८ मा दुबईमा भएको १६ वर्षमुनिको विश्वकप फुटबलमा उनले ब्राजिलियन टिमबाट खेलेका थिए र उनी सो विश्वकपका सर्वाधिक गोलकर्ता हुन् ।

त्यसबेला फ्लामेङ्गोले रियल मड्रिडलाई पराजित गरेको थियो फाइनलमा । उनले गएको डिसेम्बरमा कतारमा भएको क्लब विश्वकप फुटबलमा खेलेका थिए । तर लिभरपुलसँगको फाइनलमा उनी मैदान छिर्न पाएनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved