काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सभामुख अग्निप्रसाद सापकोटाले ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले निरन्तर अवरोध गरिरहेको प्रतिनिधिसभा बैठक आज बस्न लागेको हो । आजको बैठकमा एमालेले कस्तो रणनीति अपनाउँछ भन्ने निश्चित छैन ।
तर प्रतिनिधिसभा बैठक चल्न नदिने उद्घोष गरेको एमालेले आज पनि अवरोध गर्ने सम्भावना रहेको एमालेकै एक नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved