दक्षिण अफ्रिकाको संसद भवनमा आगो आगलागी भएको छ । संसदमा आगलागी भएपछि अहिले अग्नी नियन्त्रकहरु आगो नियन्त्रणमा लिने प्रयासहरु गरिरहेका छन् ।
आगोको धुँवा र कालो मुस्लोले वरपरको वातावरण ढाकेको अन्तार्रष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । केप टाउन सहरका आपतकालीन सेवाका प्रवक्ताले नेसनल एसेम्बलीमा आगो लागेको र नियन्त्रणको प्रयास भइरहेको पुष्टि गरेका छन् । आगो नियन्त्रणमा आइनसकेको र भवनको भित्ता चर्किएको बताइएको छ । आगलागीको कारण खुलेको छैन् ।
दक्षिण अफ्रिकाको हाउस अफ पार्लियामेन्टमा नयाँ र पुराना गरी तीन ओटा भवन छन् । सन् १९२० र १९८० मा निर्माण गरिएको नयाँ भवनमा नेसनल एसेम्बली छ । गत अप्रिलमा युनिभर्सिटीमा अफ केप टाउनको एउटा पुस्तकालयमा आगो लागेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved