धनुषा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ स्थित गोदार चोकमा प्रहरी र सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।
किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले राजमार्ग बन्द गरेपछि राजमार्ग खुलाउने क्रममा झडप भएको हो । बन्द खुलाउने क्रममा प्रहरीले गोली चलाउँदा चार जना घाइते भएका छन् ।
घाइतेहरूलाई रबरको गोली लागेको हो । घाइतेहरूलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । झडपमा प्रहरी सात जना प्रहरी र एक सशस्त्र प्रहरीसहित आठ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
अहिले गदार चोक तनावग्रस्त छ । राउतका कार्यकर्ताहरूले राजमार्गमा मुढा तेर्स्याएर सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले सडक खुलाउने क्रममा झडप भएको हो ।
झडपपछि पूर्वपश्चिम राजमार्गस्थित बर्दिवासमा सुरक्षा व्यवस्था बढाइएको छ । रातु पुल नजिक कार्यकर्ता जम्मा भएर राजमार्ग अवरोध हुने भएपछि प्रहरीले सुरक्षा व्यवस्था बढाएको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved