पाल्पा दुर्घटना : बुबाको शव लिएर जाँदै गर्दा छोराको पनि मृत्यु

  • पुस १९, २०७८
  • कालापानी मिडिया
alt

  पाल्पा ।  रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का वीरवहादुर विश्वकर्माको शनिवार मृत्यु भयो।

आइतबार बिहान ७ बजे छोराहरू छिमेकीसहित अन्तिम संस्कारका लागि गुल्मी, पाल्पा र स्याङजाको रिडी लागे बिहान साढे १० बजे शव बोकेर जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस तानसेन–तम्घास सडकखण्डअन्तर्गत रिब्दीकोट गाउँपालिका २ मा सडकबाट खसेर दुर्घट्ना भयो। 

बाबुको इच्छाबमोजिम अन्तिम संस्कारका लागि गएका छोरामध्ये एक जनाले ज्यान गुमाए। वीरबहादुरका साहिँला छोरा ३० वर्षिय पशुपति रसाइलीको घट्नास्थलमै ज्यान गयो। 

रसाइलीसहित बुटवल –१७, कै ४० वर्षीय खुमबहादुर राना, बुटवल –११, का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२, मरेङका २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक, ३३ वर्षीय अर्जुन विक, ३६ वर्षीय मोहन कुँवरको पनि दुर्घटनामा ज्यान गएको छ। 

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। दुर्घट्नामा मृत्यु भएका ६ जनाको पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी रामेश्वर त्वातीले बताए। 

घाइतेमध्ये ९ जनाको लुम्बिनी मेडिकल कलेज र ६ जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ। दुर्घटमा परी १५ जना घाइते भएका छन्।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved