इटहरी । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य धर्मराज निरौलासहित ३ सय ५७ जनाको जम्बो टोली नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा औपचारिक रुपमा प्रवेश गरेको छ ।
निरौलाको नेतृत्वमा सुनसरीका ६७ जना एमालेका प्रदेश कमिटी सदस्य, जिल्ला समिति र गाउँपालिका सदस्यहरु सहित नेतृत्व तहमा पुगेका एमाले नेता कार्यकर्ता माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा एसमा प्रवेश गरेका हुन् । निरौलालालाई नेकपा एसले पोलिटव्यूरो सदस्यको जिम्मेवारी समेत दिइएको छ ।
निरौलासहितका नव प्रवेशी नेता तथा कार्यकर्तालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आइतबार सुनसरीको इटहरीमा आयोजना भएको समाजवादी निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूको प्रदेश एक स्तरिय अधिवेशनमा स्वागत गरेका छन् ।
नेकपा एसमा प्रवेश गर्ने एमालेका पूर्वमुख्यमन्त्री भीम आचार्यका विश्वास पात्र मानिएका चिरन्जिवि भटराई सहितको टोलि छ । उनी तत्कालिन नेकपाको इटहरी स्थित प्रदेश कार्यालयका कार्यलय सचिव समेत थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved