ओमिक्रोन भेरियन्टले फोक्सोमा कम असर गर्ने तर घाँटीमा बढी असर गर्ने

  • पुस १९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वमा त्रास फैलिरहेका बेला यसले फोक्सोमा धेरै हानी नगर्ने अध्ययन सार्वजनिक भएको छ ।

बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनले ओमिक्रोन भेरियन्टले फोक्सोमा कम असर गर्ने देखिएको हो । तर, घाँटीमा भने बढी असर देखिने गरेको युनिभर्सिटी अफ लिभरपुल मोलकुलर भाइरोलोजी रिसर्ज ग्रुपले प्रकाशित गरेको अध्ययनले देखाएको बेलायती अखबार द गार्जियनले जनाएको छ ।

युनिभर्सिटी कलेज लण्डनका भाइरोलोजी प्राध्यापक दीनन पिल्लेले अध्ययनमा ओमिक्रोन सङ्क्रमित बिरामीको फोक्सोमा कम हानी भएको पाइएको बताउनु भएको छ । मुसामा गरिएको अध्ययनले अन्य भेरियन्टले भन्दा ओमिक्रोनले फोक्सोलाई १० प्रतिशत कम हानी गरेको पाइएको हो ।

ओमिक्रोन सङ्क्रमित मुसाको तौल खासै नघटेको तथा निमोनिया भए पनि सामान्य मात्र असर देखिएको खबरमा उल्लेख छ । यो भेरियन्ट नाक तथा घाँटीमा रहरिहने भएकाले खोक्दा, हाँछ्यु गर्दा छिटोछिटो अरु व्यक्तिमा सर्ने गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

यस्तै, दक्षिण अफ्रिकाको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि त्यहाँ डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनबाट सङ्क्रमित बिरामीको ज्यान जाने जोखिम ८० प्रतिशतले कम छ । यसअघि बेलायतको स्वास्थ्य सुरक्षा निकायले आफ्नो प्रारम्भिक अध्ययनमा पनि अन्य भेरियन्टले भन्दा ओमिक्रोन कम घातक भएको जनाएको थियो ।

अध्ययनले ओमिक्रोन भएका झण्डै ७० प्रतिशत बिरामी अस्पताल भर्ना हुनु नपर्ने देखाएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भने केही दिन अघि ओमिक्रोन अन्य भेरियन्ट भन्दा तीव्र गतिमा फैलिने भएकाले कोरोना सङ्क्रमणको सुनामी नै आउन सक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved