पर्सागढीको नयाँ सारथी लघुवित्तमा करोडौँको घोटाला : ३०८ जना सदस्यको नाममा फर्जी ऋण लगानी

  • पुस १९, २०७८
  • कालापानी मिडिया
alt

वीरगंज / नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको पर्सागढी नगरपालिका-३ बडनिहारस्थित शाखामा करोडौँको घोटाला भएको तथ्य सार्वजनिक भएको छ। शाखा घाटामा रहेको तथ्य बाहिरिएपछि प्रधान कार्यालयले सोसम्बन्धि अनुसन्धान शुरू गर्दा करोडौँको घोटाला भएको तथ्य बाहिरिएको हो।

शाखामा रहेका चार सय जना सदस्यमध्ये ३०८ जना सदस्यको नाममा फर्जी ऋण प्रवाह भएको र त्यसमा शाखा प्रबन्धक भोजेन्द्र ठाकुर लोहारसहितका कर्मचारीहरूको संलग्नता रहेको छ। शाखा प्रबन्धक लोहार भदौ ४ गते बडनिहार शाखाबाट सरुवा भएर बारा जिल्लाको बरियारपुर शाखामा गएका थिए। उनी गएपछि केन्द्रीय कार्यालयले यसबारे अनुसन्धान गरेको र अडिट रिपोर्टबाट ५ करोड ५० लाख रुपैयाँ हिनामिना भएको तथ्य सार्वजनिक भएको थियो।

घटना सार्वजनिक भएलगत्तै मंसिर २५ गते शाखा प्रबन्धक ठाकुरलाई पर्सा प्रहरीले पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले ठाकुरलाई पक्राउ गरी उच्च अदालतमा हाजिर गराएको र ६० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताए।

उनले बैंक ठगी कसुरमा ठाकुरविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको बताए। प्रहरी उपरीक्षक बस्नेतले ठाकुरलाई रौतहटको चन्द्रपुरस्थित उनको घरबाट पक्राउ गरिएको बताए।

प्रारम्भिक अनुसन्धानमा ठाकुरले संस्थाका चार सय सदस्यमध्ये ३०८ जनाको नाममा किर्ते गरी रकम निकासा गरेको देखिएको छ। ३०८ जना सदस्य र खाता बन्द गरिसकेका केही सदस्यहरूको नाममा पनि ऋण प्रवाह भएको देखिएको छ।

यसै घटनामा मुछिएका संस्थाको पर्सागढीका कर्मचारीहरूले भने प्रमुखको दबाबमा आफूहरू संलग्न रहेको बयान दिएका छन्। नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको प्रधान कार्यालयका सीईओ सरोज घिमिरेले शाखा प्रमुख लोहार पक्राउ परेको र उनीविरुद्ध अनुसन्धान भइरहेको बताए। उनले घटनाको अनुसन्धानपछि थप कुरा बाहिरिने बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved