प्रचण्ड फेरि अध्यक्ष चयन भएपछि माओवादी बैठक स्थगित, वर्षमान पुन फर्किएपछि बाँकी पदाधिकारी चयन हुने

  • पुस १९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं / नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष चयन गरेसँग आजका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ। पुन २५ गते पुन: बस्नेगरी बैठक स्थगित भएको हो।

आइतवार माओवादी केन्द्रको महाधिवेशनबाट २ सय ३६ सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधानमा व्यवस्था भएको २ सय ९९ मध्ये २ सय ३६ जनाको नाम प्रस्ताव गरेका थिए। प्रतिनिधिहरुले सर्वसम्मत पारित गरेका थिए।आज नव निर्वाचित केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका थिए। सँगै बसेको केन्द्रीय समिति बैठकले प्रचण्डलाई पार्टी अध्यक्ष चयन गरेको थियो।

पार्टी अध्यक्षमा पुन: चयन भएपछि प्रचण्डले सम्बोधन गरेका थिए। उनको सम्बोधनपछि बैठक स्थगित गरिएको हो। आजै पदाधिकारीहरुको चयन हुने बताइएको भए पनि अध्यक्ष बाहेकका पदमा कुनै निर्णय भएन।

पार्टीको महासचिव को बन्ने भन्ने विषय माओवादीभित्र पेचिलो मुद्दा रहँदै आएको छ। प्रत्यासीहरु धेरै भएकाले प्रचण्डलाई उक्त पद व्यवस्थापनमा कठिनाइ भइरहेको छ। महासचिवका प्रत्यासी मध्येका एक वर्षमान पुन उपचारका लागि यतिखेर चीनमा छन्। उनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्ती पनि उतै छिन्। महाधिवेशनमा दुवै केन्द्रीय सदस्य चयन भइसकेका छन्।

केन्द्रीय सदस्य रेणु चापागाईले दिएको जानकारी अनुसार पुन र घर्ती नेपाल आइसकेपछि बैठक बस्ने छ।त्यसैले २५ गतेका लागि बस्ने गरी आज बैठक स्थगित गरिएको हो। दुवैजनाको अनुपस्थितिमा थप पदाधिकारी चयन गर्नु ठीक नभएको जनाउँदै बैठक सरेको हो। 

मा‌ओवादी केन्द्रको महासचिवमा पुन, जनार्दन शर्मा, कृष्णबहादुर महरा लगायतका नेता आकांक्षी छन्। यही पदका कारण अन्य पदमा नेता चयन हुने हुने विषय लम्बिएको हो। वर्षमान पुन भोलि नेपाल फर्किने कार्यक्रम छ। उनले चीनमा नै बसेर महासचिवको दावेदारी पेश गरेको माओवादी नेताहरुले बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved