बिपद ब्यवस्थापन बारे २ दिने गाेष्ठि :भरपर्दाे याेजना ल्याउन माग

  • पुस १९, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । सुनसरीको इटहरीमा बिपद ब्यवस्थापन बारे २ दिने गोस्ठि सम्पन्न भएको छ । इटहरीस्थित युवा बिकाश कन्द्रको सभाहलमा सम्पन्न कार्यक्रममा  बिभिन्न प्रकारका बिपदबाट जोगिन राज्यले के कस्तो संयन्त्र सुचारू गर्नुपर्छ र संकट आउन नदिन अपनाउनुपर्ने उपायहरूको बारेमा सुझाव संकलन गरिएको थियो । 

युवा बिकाश केन्द्र इटहरीको आयोजनामा सम्पन्न २ दिने गोस्ठिमा बिपदको बेला सरकारी संयन्त्र संगै निजि स्तरबाट पनि सहकार्य त्यतिकै जरूरी रहेको बताइएको थियो । कार्यक्रममा बिपद पूर्व तयारी बारे श्रोतहरूको नक्सांकन गरि प्रस्तुत गरिएको थियो ।

बिपदको समयमा सुरक्षा निकायका अंगहरूले निभाएको भुमिकाबारे चर्चा गरिएको थियो । साथै बिपद तथा प्राकृतिक प्रकोप नियन्त्रणब  गर्न स्थानीय देखि तिनै तहका सरकार र निजि लगानीका सामाजिक संस्थाहरू पनि लागिपर्नुपर्ने बताइएको थियो । 

कार्यक्रममा अधिकांस बक्ताहरूले प्रकोप एवम बिपद बारे भरपर्दो सुचना हुनुपर्नेमा जोड दिएका थिए । बिपद आइपर्दा मात्रै तातिने निकायहरूले भरसक बिपद आउन नदिने तर्फ सोच्नुपर्नेमा जोड दिएका थिए । बक्ता मध्ये उद्याेग वाणिज्य संघका वरिस्ठ उपाध्यक्ष दिवश पाेख्रेलले बिपद तथा प्रकाेपकाे बेला टाउकाेमा हात समात्नु भन्दा पनि त्यस्लाइ नियन्ण गर्न भरपर्दाे याेजना अघि ल्याउनुपर्ने र कार्यानवयन तर्फ अघि बढनुपर्ने सुझाव राखे । 

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल सुनसरीका अध्यक्ष बिनोद बिश्वकर्मा , जिल्ला बसपार्क व्यवस्थापन समिति सुनसरीका उपाध्यक्ष देवराज थापा , जिल्ला प्रसाशन कार्यालय सुनसरीका मुक्तिनाथ घिमिरे ,स्वास्थ्य कार्यालय सुनसरीकि अधिकृत उर्मिला राइ , अन्तराष्ट्रिय आप्रवासन संगठनका द्वारिका प्रसाद घिमिरे , युवा बिकाश केन्द्र इटहरीका कार्यारी निर्देशशक निराजन खडका लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved