इटहरी । प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा आज (मङ्गलबार) सुनसरी आउँदै छन् । बिहान १० बजे उनी धरान आइपुग्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेसले जनाएको छ ।
धरान उपमहानगरपालिकामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा आउन लागेका हुन् ।दोस्रोपटक सभापति भएपछिको यो उनको पहिलो औपचारिक कार्यक्रम हो ।
सभापति देउवा करिब आधा दर्जन कार्यक्रममा सहभागी हुनेछन् । देउवाले धरान उपमहानगरपालिका–२ मा निर्माण गरिएको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर १ को पार्टी कार्यालयको उद्घाटन गर्नेछन् ।
त्यसपछि धरान–६, पानबारीमा रहेको फोहोर प्रशोधन केन्द्र उद्घाटन गर्ने कार्यक्रम छ । धरान–८ स्थित तीनकुने सुन्दरबस्तीमा बन्दै गरेको बसपार्कको अवलोकन पनि गर्नेछन् ।
प्रधानमन्त्री देउवाले धरान–१२ को प्राविधिक शिक्षालय उद्घाटन गर्नेछन् । दिउँसो १ बजे धरान स्थापना दिवसको औपचारिक कार्यक्रम उद्घाटन गर्नेछन् । यो कार्यक्रम धरान–१२ को पब्लिक हाइस्कुलको प्राङ्गणमा तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved