हिउँमा फसेका बाबु–छोरा छ दिन पछि घर फर्किए ...

  • पुस २०, २०७८
  • कालापानी मिडिया
alt

ताप्लेजुङ। ताप्लेजुङमा छ दिनअघि हिउँमा फसेका बाबु–छोरा आफैँ घर फर्किएका छन् । मिक्वाखोला गाउँपालिका–५, पापुङको लोदेनका ५५ वर्षीय लाक्पाटाँसी र उनका १४ वर्षीय छोरा पासाङ शेर्पा सोमबार घर फर्किएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

उनीहरू गत बुधबारदेखि हिउँमा फसेका थिए । उनीहरू हिउँमा फसेको सूचना शुक्रबार पाएपछि शनिबार र आइतबार उद्धार प्रयास भएको थियोे । अल्टिच्युट एयरको हेलिकप्टर उद्धारका लागि उनीहरू फसेको क्षेत्रमा पटकपटक पुगेपनि ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन सकेको थिएन । 

हिउँ पर्न रोकिएको र जमेको हिउँ पनि बिस्तारै बग्दै गएपछि बाबु–छोरा आफैँ गाउँ फर्किका हुन् । चौँरी गोठ सार्ने क्रममा उनीहरूलाई हिउँले बगाएको थियोे । संयोगले ओडारमा अल्झिएर उनीहरूको ज्यान बचेको थियो ।

हिउँमा फसेर गाउँ फर्किएका  बाबु–छोराको स्वास्थ्य अवस्था सामान्य रहेको प्रजिअ पाण्डेले बताए । समुद्र सतहदेखि चार हजार मिटर उचाईमा रहेको ठाउँमा उनीहरू हिउँमा फसेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved