इटहरी । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गरेका छन् । उनीहरूले मंगलबार बिहान राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका हुन् ।आगामी १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।
प्रदेश १ मा नेकपा एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्य नैनकला ओझा, अगम बान्तवा र परशुमेघी गुरुङको कार्यकाल सकिएपछि रिक्त रहेको महिला, खुल्ला र अल्पसंख्यक वा अपांगता भएको क्षेत्रमा निर्वाचन हुन लागेको हो ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य ९३ जना (हाल ९२) र स्थानीय पालिका प्रमुख/उपप्रमुख २७४ (हाल २७२) गरी ३६४ मतदाता छन् ।
३६७ मतदातामध्ये तीन सदस्य रिक्त छ । माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य टङ्क आङ्बुहाङ पदमुक्त भएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउँपालिकाका अध्यक्ष ङमि दोजी शेर्पा र भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएका कारण स्थानीय तहको दुई मतदाताको पद रिक्त छ ।
निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ । जसअनुसार ९२ प्रदेश सभा सदस्यको मतभार ४४१६ छ र २७२ स्थानीय तह प्रमुख/उपप्रमुखको मतभार ४८९६ छ । प्रदेश १ मा ३६४ मतदाताको मतभार जम्मा ९३१२ छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved