संक्रमण बढेपछि दिल्लीमा ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

  • पुस २१, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका छन्।

उपमुख्यमन्त्री मनिष सिसोदियाले संघीय राजधानीसमेत रहेको नयाँ दिल्ली र घना क्षेत्र रहेका आसपासका ठाउँसमेतलाई मध्यनजर गरी यो निर्णय गरिएको पुष्टि गरे। हप्ताका अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साबिक झैँ सञ्चालन हुनेछन्। उनले हप्तान्तको निशेधाज्ञालाई लकडाउनका रूपमा भने नबुझ्न आग्रह गरे । कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कविना यात्रा गर्न नपाइने नियमलाई कडाइका साथ लागू गरिने उनले बताए।

त्यसैगरी सरकारले निजी कार्यलयहरूलाई पनि ५० प्रतिशत कर्मचारीको सहयोगमा नियमित कामकाज गर्ने व्यवस्था गर्न भनेको छ। सरकारले बाँकी ५० प्रतिशतलाई छुट्टी दिन वा घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। गत हप्ता ५० मेट्रोरेल र बसमा ५० प्रतिशत मात्र यात्रु बोक्न छुट दिएको सरकारले भीड बढेपछि रेल र बसलाइ पूर्ण क्षमतामा चलाउन छुट दिएको छ।

दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ सङ्क्रमित भेटिएका थिए भने मङ्गलबार पाँच हजार ४८१ जनालाई कोभिड सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दिल्लीमा कोभिडका कारण तीन जनाको मृत्यु भएको छ।मङ्गलबारसम्म भारतमा एक हजार ८९२ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट देखिएको छ। महाराष्ट्रमा ओमिक्रोनको सबैभन्दा धेरै सङ्क्रमण देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved