उद्याेगपति बिनाेद चाैधरीबिरूद्ध आयोगमा उजुरी ,पदमुक्त गर्न माग

  • पुस २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य विजयी विनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । सिरहा क्षेत्र-३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले केन्द्रीय समिति सदस्यमा विजयी भएका चौधरीले क्रियाशिल सदस्यता लिएको १० वर्ष नपुगेको कारण देखाउँदै उम्मेदवार नै हुन नपाउने व्यक्ति विजयी भएको भन्दै आयोग समक्ष पदमुक्तको माग गरेका हुन् ।

सानेपास्थित निर्वाचन समितिलाई मौखिक रुपमा पटकपटक भन्दा पनि सुनवाई नभएको उल्लेख गर्दै राजनीतिक दलसबन्धी ऐनलाई समेत जोडेर गत महाधिवेशनमा खुला मधेसीतर्फ छैठौं स्थानको मत प्राप्त गरेका यादवले चौधरीलाई पदमुक्त गर्न आयोगमा निवेदन दिएका हुन् । चौधरीलाई पदमुक्त गरी सो स्थानमा आफूलाई विजयी भएको मान्यता दिन पनि डा. यादवको माग छ ।

कांग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१ (८) मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट चार महिलासहित ९ जना मधेसी केन्द्रीय सदस्य रहने व्यवस्था रहेको सन्दर्भ उल्लेख गर्दै उजुरीमा भनेका छन्, ‘मधेसी खु्ला पदमा निर्वाचित भएको भनिएको विनोद चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ सालमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ ।’ उनी चौधरीसँग पराजित भएका थिए ।

‘नेपाली कांग्रेसको विधानविपरीत निवाचित भनिएको चौधरीको सम्बन्धमा कांग्रेस केन्द्रीय कार्यालय र कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाई नगरेबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुर निवेदन पत्र पेस गरेको छु,’ यादवले उजुरीमा उल्लेख गरेका छन् । यादवले चौधरी एमालेमा रहेको प्रमाणसमेत पेस गरेर उजुरी गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved