जब आन्दोलनकारीले फ्लाईओभरमा भारतीय प्रधानमन्त्री मोदीको बाटो छेके...

  • पुस २२, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । पञ्जाब भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज एक फ्लाईओभरमा रोकिनुपर्‍यो। भटिण्डाबाट हुसैनीवाला जाँदै गर्दा ‘सेक्युरिटी ब्रिच’का कारण उनी फ्लाईओभरमा १५-२० मिनेट रोकिनुपरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। प्रदर्शनकारीहरुका कारण उनको गाडी फ्लाईओभरमा रोकिएको बताइएको छ।

करिब १३ महिना चलेको किसान आन्दोलनपछि प्रधानमन्त्री मोदी पहिलो पटक पञ्जाबको भ्रमणमा निस्किएका थिए। उनी एक विकास योजनाको शिलान्याश गर्न फिरोजपुर जान लागेका थिए।

मोदीको विशेष विमान बुधवार बिहान भटिण्डास्थित वायुसेना स्टेसनमा पुगेको थियो। त्यहाँ मौसम खराब थियो। यहाँबाट हेलिकोप्टरमा हुसैनीवाला जानुपर्ने भए पनि कुहिरो र वर्षाका कारण ‘भिजिविलिटी’ कम भएको थियो। त्यसकारण उनी एयरफोर्स स्टेशनमा करिब २० मिनेट बसे।

मौसम सफा नभएपछि मोदीको गाडीलाई सडक मार्गबाट हुसैनीवाला लैजाने निर्णय गरिएको थियो। भटिण्डादेखि हुसैनीवालाको दूरी १२२ किलोमिटर छ। सडकबाट यो दुरी पार गर्न दुईदेखि साढे दुई घण्टा लाग्छ। एसपीजी र गृह मन्त्रालयले पञ्जाब पुलिसका डीजीपीसँग कुरा गरेर आफ्नो तर्फबाट आवश्यक सुरक्षा व्यवस्था मिलाएको पुष्टि गरेपछि मोदीको हुसैनीवालाको लागि निस्किएका थिए ।

मोदी हुसैनीवालास्थित राष्ट्रिय शहीद स्मारक जाने क्रममा थिए। उनी त्यहाँ पुग्न करिब ३० किलोमिटर थियो तर बीचमा आन्दोलनकारीले बाटो अवरुद्ध गरे। जसका कारण प्रधानमन्त्रीको गाडी १५-२० मिनेट फ्लाईओभरमा रोकिएको थियो। फ्लाईओभरमा उभिएका एसपीजी कमाण्डो र पञ्जाब पुलिस अफिसरहरूको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।

सुरक्षाका कारण भन्दै फिरोजपुरमा मोदीको कार्यक्रम स्थगित गरिएको छ। फ्लाईओभरमा रोकिएपछि उनी भटिण्डा विमानस्थलमा फर्किएका थिए। यस विषयमा भारतको केन्द्र सरकारले पञ्जाब सरकारले सुरक्षामा लापरबाही गरेको आरोप लगाउँदै घटनाको विस्तृत रिपोर्ट मागेको छ।

भटिण्डा एयरपोर्टमा प्रधानमन्त्रीले पञ्जाब सरकारका अधिकारीहरूलाई भने, ‘मुख्यमन्त्रीलाई मेरो धन्यवाद सुनाइदिनु, म भटिण्डा एयरपोर्टसम्म सकुशल फर्किएँ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved