शेयर बजारकाे ताजा अवस्था : ४३ अंकले बढ्यो नेप्से, साढे ३ अर्बको मात्रै कारोबार

  • पुस २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं : यो साता सेयर बजार उतारचढावमा रह्यो। कारोबारको पहिलो दिन आइतबार सेयर बजार ६० अंकले उकालो लाग्यो। त्यसपछि सोमबार र मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको वृद्धि भयो। सोमबार ३२ अंकले बढेको बजार मंगलबार ६३ अंकले उकालो लाग्यो। बुधबार भने दोहोरो अंकको गिरावट आयो।

आइतबार २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता सेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँमा सेयर कारोबार भयो । यस्तै, सोमबार २३० कम्पनीको ८२ हजार ५ हजार ५२ कित्ता सेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७९ रुपैयाँमा कारोबार भयो। यसदिन कारोबारमा आएका १३ समूहमध्ये १२ समूहको परिसूचक वृद्धि भएको थियो। त्यसपछि मंगलबार ४ अर्ब ३२ करोड बढीको सेयर कारोबार भयो।

तीनदिन लगातार बढेको नेप्से परिसूचकमा बुधबार फेरि दोहोरो अंकले गिरावट आयो। सो दिन सूचक ३० अंक बढीले ओरालो लागेर २६ सय ४९.२० विन्दुमा पुगेर बन्द भयो। यसदिन ४ अर्ब ५२ करोड बढीको सेयर कारोबार भयो। नेप्से घटेसँगै एउटा मात्रै कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भयो। मध्य भोटेकोशी जलविधुत‍्को सेयरमूल्य ९.९६ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भयो ।त्यसैगरी, छ्याङ्दी हाइड्रोपावर र तेह्रथुम पावरको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।

अघिल्लो कारोबार दिन दोहोरो अंकले ओरालो लागेको सेयर बजार बिहीबार दोहोरो अंकले बढेको छ। यसदिन नेप्से ४३.२९ अंकले बढेर २६ सय ९२.४७ विन्दुमा बन्द भएको छ।यसदिन २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँमा खरिदबिक्री भयो। यसदिन कारोबारमा आएका १३ समूहमध्ये ११ समूहको सूचक बढेको छ। यसदिन होटल तथा पर्यटनको ३.४८ प्रतिशतले बढेको छ। यस्तै जलविद्युत समूहको सूचक २.४८ प्रतिशतले बढेको हो।

दुई समूहको सूचक भने ओरालो लागेको छ। व्यापारको ०.६८ र उत्पादन समूहको सूचक ०.०८ प्रतिशतले घटेको हो। नेप्से घटेपनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

यस दिन नेपाल फाइनान्स, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रकमका आधारमा यसदिन अपि पावर कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो।त्यसैगरी,एनआइसी एसिया बैंक र नेसनल माइक्रोफाइनान्सको १० करोडभन्दा बढीको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved