इनरुवा अस्पतालमा मन्त्री यादवको छड्के अनुगमन

  • पुस २२, २०७८
  • कालापानी मिडिया
alt

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले जिल्ला अस्पताल इनरुवामा आज विहान छड्के अनुगमन गरेका छन् । इनरुवा अस्पतालमा आएका बिरामीलाई अन्यत्र रेफर गर्ने गुनासो बढेपछि मन्त्री यादव विहानै अस्पताल पुगेका थिए ।

मन्त्री यादवले अस्पतालको फार्मेसी कक्ष, विरामीको अवस्था, सरसफाई, एक्स–रे कक्षलगायतका कोठाहरुमा पुगेर अनुगमन गर्नुभएको मन्त्रीका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिए । मन्त्री यादवसँगै सुनसरीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा विशेषज्ञ चिकित्सको अभाव, सरसफाईमा कमी, औषधीको अभाव लगायतका समस्याहरु देखा परेको मन्त्री यादवले बताए । उनले इनरुवा अस्पताललाई सुधार गर्ने आफ्नो प्रमुख जिम्मेवारी भएको बताए ।

इनरुवा अस्पतालबाट विरामी अन्यत्र लैजाने समस्याको समाधान गरिने मन्त्री यादवले बताए । उनले भने, ‘अस्पतालमा धेरै सुधारको आवस्यकता छ ।’ मन्त्री यादवसहित मन्त्रालयका कर्मचारीहरुले यसअघि अस्पतालको अनुगमन सहित सरोकोरवालासँग अन्र्तक्रिया गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved