काठमाडौंमा ‘लिभिङ टुगेदर’ बसेका युवा-युवती मृत अवस्थामा भेटिए

  • पुस २३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । काठमाडाैंमा दुई युवायुवती मृत फेला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका-२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतक दुबैको शरीरमा चो -ट देखिएको छ । उनीहरुको धा-रि-लो ह-ति-या-र प्र-हा-र गरी ह -त्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंको अनुमान छ । राई र जिमीसँगै बस्न थालेको दुई-तीन हप्तापछि कोठामै मृत फेला परेको प्रहरीले जनाएको छ । बिहे नगरी‘लिभिङ टुगेदर’मा बसेका उनीहरु पब्जी खेल्नेक्रममा नजिकिएका थिए।

घटनामा कुनै तेस्रो व्यक्तिको सं’लग्न’ता छ कि छैन भन्ने अनुसन्धान भइरहेको छ। गएराति अनिस र युसिना दुबै मासु र चिउरा खाएर सुतेका थिए।

‘उनीहरू धेरैजसो पब्जी खेल्ने गर्थे। खेल खेल्दा हा’नहा’न, मा’रमा’र भन्ने जस्तो शब्द बोल्थे। तर राति भने अरूबेलाको जस्तो आवाज थिएन। झ’ग’डा गरेकोजस्तो आवाज आएको रहेछ,’ प्रहरी वरिष्ठ उपरीक्षक गिरीले भने, ‘१२ बजेतिर आमाले हल्ला सुनेपछि बोलाउन गएकी रहेछन्।’

आमाले बोलाउँदा उनीहरूले ढोका खोलेका थिएनन्। ढोका नखोलेपछि बहिनीको छोरालाई बोलाएर ढोका फो’ड्न’ लगाएका थिए। कोठाभित्र हेर्दा युसिना बेडमा मृत अवस्थामा फेला परेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved