नाेबेल मेडिकल कलेजविरुद्ध विद्यार्थीको चक्काजाम, कोसी राजमार्ग अवरुद्ध

  • पुस २३, २०७८
  • कालापानी मिडिया
alt

इटहरी ।  विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबिबिएसमा पढ्ने विद्यार्थीहरूले शुक्रबार कोसी राजमार्ग अवरुद्ध गरेका छन् । कलेजले अतिरिक्त शुल्क नबुझाउने एमबिबिएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा विद्यार्थीहरू काेसी राजमार्गस्थित विराटनगरकाे कञ्चनबारीमा चक्काजाम गरेर सडक आन्दाेलनमा उत्रिएका हुन् ।

आन्दोलनमा अन्य राजनीति दलका विद्यार्थी नेता पनि सहभागी छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठन अनेरास्ववियु (समाजवादी विद्यार्थी युनियन) मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानको सहयोगमा पीडित विद्यार्थीहरूले प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् ।

सरकारले तोकेको भन्दा बढी शुल्क माग गर्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएपछि विद्यार्थीहरू आन्दोलनरत छन् । अतिरिक्त शुल्क नबुझाएको भन्दै नोबेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको थियो । ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी सङ्गठनहरूले बुधबार नोबेलमा तालाबन्दी गरेका थिए ।

चक्काजामका क्रममा विद्यार्थी नेताहरूले नाेबेल कलेजले विद्यार्थीहरूकाे पठनपाठन राेकेर अतिरिक्त शुल्क बुझाउन दबाब दिएकाेप्रति आक्राेश व्यक्त गरे । विद्यार्थी संगठनहरूकाे सहयाेगमा पीडित विद्यार्थीहरूले बुधबार कलेज प्रशासनमा तालाबन्दी गर्दा पनि कलेज प्रशासनले विद्यार्थीकाे माग सम्बाेधन गर्न चासाे देखाएका छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved