ओलीकाे पछि कुद्दै देउवा : संसदको अवरोध हटाउन भेटेरै अनुरोध गर्ने

  • पुस २३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं / उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा संसदको अवरोध हटाउने बारेमा छलफल भएको छ। शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसदको गतिरोध अन्त्यका बारेमा नेताहरु बिच छलफल भएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको अवरोध हटाउन पहल गर्ने निर्णय भएको जानकारी दिए।'यसरी संसद अवरुद्ध हुनु हरेक हिसाबले उचित होइन। त्यसैले संसद संचालन गर्ने बारेमा पनि छलफल भएको छ,' कार्कीले भने।

बैठकमा सहभागी नेताहरुका अनुसार संसदको अवरोध हटानका लागि प्रधानमन्त्री देउवालाई ओलीलाई भेट्न नेताहरुले आग्रह गरेका छन्। ओलीलाई भेट्न देउवा सकारात्मक देखिएको नेताहरुको भनाइ छ।

कार्कीले प्रतिपक्षी दल पनि संसद खुलाउन उत्तिक्कै जिम्मेवार हुनुपर्ने बताए। 'संसद संचालन गर्नु सरकारको जति कर्तव्य छ, प्रतिपक्षको पनि त्यत्तिकै भूमिका र कर्तव्य रहन्छ। त्यसैले संसदलाई संचालन गर्नका निमित्त पहल गर्ने निणर्य भएको छ,' उनले भने।

हिजो बसेको संयन्त्रको बैठकमा संयोजक रामचन्द्र पौडेलले संसद, अदालत, एमसीसी लगायतका विषयमा बुँदागत सुझाव दिएका थिए। उनको सुझावमाथि आज छलफल  हुने बताइएको थियो। तर, आजको बैठकमा उनको सुझावबारे चर्चा भएको बारे नेताहरुले केही बताएका छैनन्। राष्ट्रिय सभाको माघ १२ गते हुने निर्वाचनका बारेमा पनि बैठकमा छलफल भएको छ।

यसअघि बुधवार नेपाली कांग्रेसका नेता तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले पनि ओलीलाई बालकोट पुगेर भेटेका थिए। पौडेलले ओली संसदको अवरोध हटाउन सकारात्मक नभएको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved