काठमाडौं / कोराना संक्रमित नेकपा माओवादी केन्द्रका अध्यक्षका कारण कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका कारण एमाले अध्यक्ष केपी शर्मा ओली पनि संक्रमण जोखिममा परेका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ। शुक्रबार विहान मात्रै दुवै नेता सत्ता गठबन्धनको बैठकमा सहभागी थिए।
उक्त बैठकमा सहभागी रहेका प्रधानमन्त्री देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसाल, कांग्रेस नेता रामचन्द्र पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत पनि कन्ट्याक्ट ट्रेसिङमा छन्।
देउवाले शनिबार विहान मात्रै एमाले अध्यक्ष ओलीलाई बालकोटमा भेटेका थिए। उनले स्वास्थ्य सुरक्षा अपनाएका थिएनन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved