एजेन्सि । ब्राजिलको एउटा तालमा डुंगा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । घटनामा २० जना बेपत्ता भएका छन् ।
ब्राजिलको दक्षिणपुर्वी क्षेत्रको मिनास गेराइस राज्यको तालमा ४७ यात्रु सहितको डुंगामाथि चट्टान सहितको ढिस्को खस्दा दूर्घटना भएको हो । तालको छेउमा रहेको चट्टान दुई चिरा भई डुंगामाथि खसेको जनाइएको छ ।
ब्राजिलमा केही दिनदेखि जारी लगातार बर्षाका कारण चट्टान खसेको अनुमान गरिएको छ । तालमा खसेको चट्टानमा ३ वटा डुंगा ठोक्किएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved