इटहरी । दुई दशकदेखि घरमा पालेर दूध खाँदै गरेको गाई मरेपछि सुनसरीको रामधुनी नगरपालिका–४ इक्राहीका दुर्गा विश्वकर्मा ‘राधेराधे’ले आमासरह मान्दै काज–किरिया गर्न थालेका छन् ।
धार्मिक तथा आध्यात्मिक गतिविधिमा समेत सक्रिय विकले हिन्दु सनातन परम्पराअनुसार कोरामा बसेर काज–किरिया गर्न थालेका हुन् । उनी गाईलाई माई अर्थात् आमासरहको मर्यादा राखेर कपाल मुण्डन गरी कोरामा बसेका छन् ।
२१ वर्षअघि बाछी किनेर हुर्काउँदै दूध खाएको भारा तिर्न विक किरियापुत्री बनेर जुठो बार्दै शोकमा बसेका हुन् । १० दिनसम्म किरियापुत्री बसेर ढिकुरो फुटाउने, दान–दक्षिणा दिने र मलामी–भोज खुवाउने किरियापुत्री विकको योजना छ ।
आज (शनिबार) अपराह्न्न गाईको मृत्यु भएपछि छिमेकी–आफन्तहरू भेला भई गाईको मृत शरीरलाई रामनामी कात्रोले बेरेर जङ्गल क्षेत्रमा लगेर चिहानमा पुरेका थिए । गाईको सदगत् गरेपछि विक मलामीसहित किरियापुत्रीसरह घर फर्केको स्थानीय प्रमिला गहतराजले बताइन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved