भाइरसको ‘एस जिन नेगेटिभ’ भनेको के हो? ओमिक्रोनमा किन यो जिन नेगेटिभ आउँछ?

  • पुस २५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। पुसमा संकलित १ हजार १४६ पोजिटिभ नमूनाहरुको एस जिन स्क्रिनिंग गर्दा २५० वटा (२२ प्रतिशत) एस जिन नेगेटिभ पत्ता लागेको थियो।

एस जिन नेगेटिभ पत्ता लागेका २४ नमूनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ। जिन सिक्वेन्सिङ, कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउने विधि हो। भाइरसको जेनेटिक (आणुवांशिक) बनावटलाई डिकोट गर्ने परीक्षण नै जिन सिक्वेन्सिङ हो।

जिन सिक्वेन्सिङबाट नै भाइरसमा भएको म्युटेनस (उत्परिवर्तन) पत्ता लगाउन सकिन्छ। नेपालमा हालसम्म पत्ता लागेका ओमिक्रोन भेरियन्ट पनि जिन सिक्वेन्सिङबाटै पुष्टि भएका छन्। संकलित सबै नमूनाहरुको जिन सिक्वेन्सिङ गरिदैन। यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निश्चित रणनीति र मापदण्ड निर्धारण गरेको छ।

पीसीआर परीक्षणका क्रममा एस जिन नेगेटिभ आएका नमूनाको मात्र जिन सिक्वेन्सिङ गर्ने गरिएको प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले बताए। गुप्ताका अनुसार देशभरबाट संकलन हुने पोजेटिभ नमूनाको जिन सिक्वेन्सिङ दुई चरणमा गरिन्छ। पहिलो, ‘पीसीआर परीक्षण गरिन्छ।’ दोस्रो, ‘पीसीआरमा कोरोना पोजेटिभ र एस जिन नेगेटिभ आएको हुनुपर्दछ।’

जिन सिक्वेन्सिङमा चार वटा जिन परीक्षण गर्ने गरिएको छ। ती हुन्, एस जिन, आरडीआरपी जिन, ओआरएफ जिन र एन जिन। सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार ओमिक्रोन भेरियन्ट म्युटेसन भएकाले यसमा एस जिन नेगेटिभ आउँछ। ओमिक्रोन भेरियन्टको एस जिनमा म्युटेसन भएको उनले बताए।

एस जिन भनेको के हो? एस जिन भनेको भाइरसको बाहिरी सतह हो। जिन सिक्वेन्सिङमा एस जिनमा कहाँ म्युटेसन भएको छ भनेर हेरिन्छ। भाइरसमा हुने यही म्युटेसनका कारण नै डेल्टा, ल्याम्डा, अल्फा जस्ता भेरियन्ट देखिएको प्रयोगशालाका सूचना अधिकारी गुप्ताले बताए। जिन सिक्वेन्सिङबाट ओमिक्रोन भेरियन्ट मात्र नभइ भाइरसमा हुने कुनै पनि उत्परिवर्तन पत्ता लगाउन सकिन्छ।

उनले भने, ‘जिन सिक्वेन्सिङबाट नयाँ कुनै म्युटेसन भएको छ भने पनि पत्ता लगाउन सकिन्छ। जिनको सिक्वेन्सिङ मूल भाइरससँग म्याच गरिन्छ। म्याच गरेपछि नै कहाँ कहाँ म्युटेसन छ भनेर पोइन्ट गरिन्छ। यसकै आधारमा विश्व स्वास्थ्य संगठन डब्लुएचओले म्युटेसन भएर बनेको कुन भेरियन्ट हो भनेर नामाकरण गर्दै आएको छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved