नेपाल-भारत सीमा कोरोना संक्रमणको उच्च जोखिममा, समुदायस्तरमै संक्रमण फैलिने आशंका

  • पुस २६, २०७८
  • कालापानी मिडिया
alt

कञ्चनपुर। भारतसँग सीमा जोडिएको उत्तर प्रदेश विधानसभा चुनावी सेरोफेरोका बाछिट्टा र कोभिड-१९ र नयाँ भेरियन्ट ओमिक्रोनले नेपालमा पनि प्रभाव पार्न सक्ने बढी सम्भावना छ।

केही हप्ता पहिले भारतको इलाहवाद हाईकोर्टले फेब्रुअरीदेखि सुरु हुने विधानसभा चुनाव रोक्ने खालको आशय प्रकट गरेको थियो । भारतीय संविधानको अनुच्छेद ३२४ को प्रवाधानअनुसार त्यहाँको चुनाव आयोगले ६ महिनासम्म चुनाव स्थगन गर्न सक्छ। भारतीय संविधानको अनुच्छेद ८५ (१) र अनुच्छेद १७४ (१) मा टेकेर सदनरविधानसभाको दुई सत्रबीच चुनाव आयोगले ६ महिनासम्मका लागी घोषित कार्यक्रम रोक्ने अधिकार राख्छ।

एउटा याचिकामाथि सुनुवाइ गर्दै न्यायाधीश शेखरकुमार यादवको खंडपीठले कोभिड र ओमिक्रनका कारण संक्रमण बढिरहेकाले तेस्रो लहर आउन सक्ने भन्दै उक्त निर्देशन दिएको थियो । त्यसलगत्तै भारतका मुख्य निर्वाचन आयुक्त सुशील चन्द्राले उत्तरप्रदेशको वस्तुस्थितिबारेमा भ्रमण गरेका थिए । निर्वाचन आयोगले उत्तर प्रदेशका राजनीतिक दलहरुको मनशाय चुनाव सार्न नहुने पाएको बताए ।

उत्तर प्रदेशसँग नेपालको लामो सिमाना छ। आवतजावत खुल्ला छ। यहाँ दैनिक र घरायसी कामका लागि पनि दिनहुँ मानिसहरु सीमा पार आउजाउ गरिरहन्छन्। यो अवस्थामा कोभिडको अर्को लहर रोक्न थप चुनौतीपूर्ण छ।

खुल्ला सीमाका कारण दिनहुँ भारतमा रोजगारीमा गएका र अन्य कामले भारत आउजाउ गर्नेहरु लर्को कम हुने छाँटकाँट देखिँदैन। बरु उल्टै भारतमा संक्रमण बढिरहँदा रोजगारीमा समस्या आउन सक्ने सम्भावनाको डरले स्वदेश फर्कनेहरूको चाप बढ्दै छ। यस हिसाबले सीमामा कोभिड ओमिक्रण संक्रमण बढ्न सक्ने सम्भावना तीव्र गतिमा रहेको छ।

त्यसै पनि नेपाल-भारत खुल्ला सिमानाका कारण राजनीति अक्सर संक्रमितझैं हुन्छ। भारतमा संक्रमण बढ्दै जाँदा रोजगारी कटौती हुने उत्तिकै सम्भावना रहन्छ। दैनिक ज्याला मजदुरीमा भारतका विभिन्न सहरमा काम गर्ने नेपाली अघिल्लो वर्षको महामारी पछि उत्पन्न परपस्थितिबाट गुज्रिसकेका छन्।

त्यसैले पनि छिटो स्वदेश फर्कनेको संख्या दिनानुदिन बढिरहेको छ । त्यसमाथि महामारी बढाउने गेट वेका रुपमा सिमाना एक प्रमुख कारकका रूपमा देखिन्छ।

आगामी फेब्रुअरी र मार्चमा उत्तर प्रदेशमा चुनावको सम्भावना छ । यसबीच उत्तर प्रदेशको बाटो भएर नेपाल आउनेहरु प्रक्रियामा स्वास्थ्य मापदण्ड पालना गराउन सीमावर्ती जिल्लाहरु सजग हुनै पर्छ । त्यस्तै मध्यको एउटा जिल्ला हो बाँके ।

नेपालगन्जसँग सीमा जोडिएको रुपैडिया नाकाका अलावा अन्य प्रवेश मार्गमा कोरोना परीक्षण, खोप र स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड लागू हुन आवश्यक छ । साथै अन्य तयारी क्वारिन्टिन, जाँचको अनुपातलगायतका विषयमा समयमै ध्यान दिन जरुरी छ ।

पछिल्लो तथ्यांकअनुसार बाँकेको जमुनाह नाकाबाट नेपाल भित्रिने यात्रुहरुमध्ये ६ सय ७५ जनाको कोभिड एन्टिजिन परीक्षण भइसकेको छ । १९ पुसमा नौ, २० गते चार, २१ गते पाँच, २२ गते २३, २३ गते २६, २४ गते ४६ र २५ गते ३९ जनामा संक्रमण देखिएको हो।

महामारीकै बीच नेपालगन्ज जमुनाहा नाका भएर आउने अहिलेसम्म पाँच सय ५५ जनामा कोभिड संक्रमण देखिएको छ। पछिल्लो समय संक्रमण देखिएका सबैलाई बालमन्दिरस्थित आइसोलेसन केन्द्रमा राखी उपचार गरिएको छ ।

भारतका विभिन्न सहरबाट आएका नेपालीलाई नेपालगन्ज नाकामा जाँच गर्दा कोरोना संक्रमण बढेको देखिएको हो । भारतमा कोरोनाको प्रकोप बढ्दो क्रममा छ। त्यसको असर नेपालीमा परेको छ । कोरोना प्रकोप बढेपछि नेपालीहरु घर फर्किरहेका छन् । नेपालगन्ज नाकाबाट दैनिक ठूलो संख्यामा फर्किरहने नेपालीमा कोरोना देखापरिरहेको छ ।

कोरोना देखिएकाहरु प्रायः पहाडी जिल्लाका छन् । यसले समुदायस्तरमा कोरोना फैलिन सक्ने सम्भावना रहन्छ। स्वास्थ्य परीक्षण भई संक्रमित भएकालाई नेपालगन्ज आइसोलेसनमा राखिएको छ । तर कतिपय यात्रुहरु मापदण्ड मिचेर पनि नाका पार गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved