जताततै काेराेना सन्त्रास तर दलकाे सभा सम्मेलन जारी : पूर्वनिर्धारित भन्दै जथाभावी कार्यक्रम

  • पुस २६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढेपछि सरकारले भीडभाड कम गर्न निर्देशन दिए पनि केही राजनीतिक दलले आफ्ना गतिविधिहरुलाई निरन्तरता दिएका छन् ।

कोरोनाको रोकथामका लागि भन्दै आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने र भीडभाड कम गर्न निर्देशन दिइसकेको छ ।

त्यस्तै सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव रोक्नका लागि गृह मन्त्रालयलाई सिफारिस गरिसकेको छ । तर केही राजनीतिक दलहरुले पूर्व निर्धारित कार्यक्रम भन्दै त्यसलाई निरन्तरता दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले देशका विभिन्न स्थानमा पृथ्वी नारायण शाहको जन्मजयन्ती मनाउने कार्यतालिका बनाएको छ । राप्रपाका केन्द्रीय सदस्य मोहन श्रेष्ठका अनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको को ३०० औं जन्म जयन्ती मनाउनका लागि मंगलबार काठमाडौंको भृकुटी मण्डपमा भेला बोलाएको छ ।

प्रमुख पतिपक्षी दल नेकपा एमालेले आफ्नो जिल्ला अधिवेशनलाई निरन्तरता दिएको छ । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकोमा हालसम्म ३८ जिल्लामा नयाँ कमिटी चयन भएको भए पनि अन्य जिल्लाको अधिवेशन चलिरहेको एमाले सचिवालयले जनाएको छ । पूर्व निर्धारित कार्यक्रम रहेकाले तत्काल स्थगित गर्न नमिल्ने एमालेले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओली जिल्ला अधिवेशन उद्घाटन गर्न सोमबार संखुवासभा जाने कार्यक्रम तय भएको छ । सदरमुकाम खाँदबारीमा आयोजित सभालाई सम्बोधन गर्दै अधिवेशन उद्घाटनको कार्यक्रम रहेको नीजि सचिवालयले जनाएको छ  ।

यता, माओवादी केन्द्रले आफ्नो आठौं महाधिवेशनपछि शीर्ष नेताहरुमा कोरोना भाइरस पुष्टि भएसँगै भीडभाड हुने गतिविधिलाई नियन्त्रण गरेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सहयोगी सूर्य किरणले जानकारी दिए । बिहीबार माओवादी केन्द्रीय कार्यालयका २२ जनामध्ये २० जना र शीर्ष नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि पार्टीले आफ्ना गतिविधिहरुलाई नियन्त्रण गरेको उनले बताए ।

यद्यपी, महाधिवेशन समाप्त भएलगत्तै नेताहरूमा कोरोना संक्रमण पुष्टि हुनु र सोही महाधिवेशन र केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका नेताहरू जिल्ला फर्किसक्नुले कोरोना संक्रमणको जोखिम बढाएको छ ।

त्यस्तै नेपाली कांग्रेसले आधिकारिक रुपमा कुनै कार्यक्रम तय नगरे पनि केद्रीय समितिका नेताहरुले आफ्ना गतिविधिलाई जारी राखेका छन् । केही केन्द्रीय पदाधिकारीहरु जिल्ला दौडाहामा निस्किएका छन् । नेकपा (एकीकृत समाजवादी)ले पनि विशेष भेला तथा सम्मेलनको तय नगर पनि अगुवा कार्यकर्ता भेटघाटलाई निरन्तरता दिएको छ ।

सार्वजनिक सम्पत्तीको संरक्षण, सार्वजनिक सम्पत्ति दुरुपयोगविरुद्ध एकीकृत समाजवादी निकटको युवा संघले जारी राखेको सडक प्रदर्शन भने रोकेको छ । युवा संघका उपमहासचिव एवं प्रवक्ता सञ्जीव राई प्रदर्शनलाई थाँती राखेर अध्ययन तथा आन्तरिक छलफलमा केन्द्रीत गरिएको जानकारी दिए । ‘सरकारको निर्देशन र स्वास्थ्य मापदण्डलाई हामी पूर्ण रुपमा पालना गर्न तयार छौं । साथै कोरोना विरुद्ध सचेतनाका कार्यक्रम संचालन गर्नेछौं,’ उनले भने ।

तराई-मधेसका जिल्लामा किसान आन्दोलन चलाइरहेको डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पनि सडक प्रदर्शनका कार्यक्रमलाई निरन्तरता दिएको छ । भारतीय सिमाना जोडिएका जिल्लामा कोरोनाको जोखिम बढ्दै गए पनि दिनहुँ प्रदर्शन भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved