इटहरी । सुनसरीकाे गढि गाउपालिकास्थित मुसहर बस्तिमा राधिका फाउण्डेसन काठमाण्डुले साेमबार रू एकलाख भन्दा बढि मुल्यकाे राहत सामग्री बितरण गरेकाे छ । फाउण्डेसनले सुनसरीकाे बिकट स्थानीय तह अन्तरगत गढि गाउपालिका ३ स्थित मुसहर बस्ति सम्म पुगेर बालबालिकाहरूकाेलागि शैक्षिक सामग्री , सहित जाडाेमा लगाउने न्यानाे कपडा , र खाद्यन्नहरू बितरण गरेकाे हाे ।
फाउण्डेसनले १४० घर परिवारलाइ साे सामग्रिहरू बितरण गरेकाे हाे । बस्तिकाे अवस्था र त्यहा बसाेबास गर्ने स्थानीयहरूकाे दैनिकिलाइ मध्यनजर गर्दै साेमबार उक्त परिमाण बराबरकाे राहत सामग्रि उपलब्ध गराइएकाे राधिका फाउण्डेसनकि परिकल्पनाकार एवं अध्यक्ष राधिका दासीले बताउनुभयाे ।
राहत सामग्री संगै शैक्षीक सामग्री र न्यानाे कपडा पाएपछि गढि गाउपालिका ३ मुसहर बस्तिका १४० परिवारकाे मुहारमा खुशि छाएकाे थियाे । जाडाेले कठ्यांग्रिदाे माैसममा न्यानाे कपडा र महिना भरी पुग्ने रासन संगै सन्तानकाेलागि कापि पेन्सिल समेत पाइएपछि गरिबकाे बस्तिमा फाउण्डेसन भग्वान सरह बनेकाे मुसहर बस्तिका स्थानीयहरूले बताए ।
राहत सामग्रि बितरण कार्णक्रमकाे संयोजन संस्थाकि सचिव कल्पना भट्टराईले गरेकि थिइन भने ब्यब्स्थापन मा उपाध्यक्ष अन्जु आचार्य र शान्ता न्यौपाने रहेकि थिइन । त्यसैगरी फाउन्डेसनकि स्वयंसेवक संयोजक तारा भट्टराईले सकृिय रूपमा कार्यक्रम सञ्चालन गरेकि थिइन ।
फाउण्डेसन स्थापना भएदेखि नै नेपालको बिकट जिल्लाहरू अन्तरगत ग्रामिण भेगहरूमा बसोबास गर्ने स्थानीयहरूलाइ यसरी नै राहत सामग्रिहरू उपलब्ध गराउदै आएको अध्यक्ष दाशिको भनाइ छ । फाउण्डेसन यस अघि पनि बिभिन्न समयमा सामाजिक कामहरू संगै मानव सेवालाइ प्राथमिकता दिदै आएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved