भारतका रक्षामन्त्री र दुई मुख्यमन्त्रीलाई कोरोना संक्रमण

  • पुस २७, २०७८
  • कालापानी मिडिया
alt

काठमाण्डाै । भारतीय रक्षामन्त्री राजनाथ सिंह र बिहार तथा कर्नाटक राज्यका मुख्यमन्त्रीलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ।

भारतीय रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

उनले आफूलाई कोभिड–१९ को सामान्य लक्षण मात्र देखिएको र आफू घरमा नै क्वारेन्टिनमा बसेको बताएका छन्।

उनले आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई आइसोलेसनमा बस्न आग्रह गरेका छन्। त्यस्तै बिहारका मुख्यमन्त्री नितिश कुमारको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको छ। बिहारको मुख्यमन्त्रीको कार्यालयले उनलाई कोरोना पोजेटिभ आएको भन्दै अहिले उनी घरमा नै आइसोलेसनमा बसिरहेको बताएको छ। 

कर्नाटकका मुख्यमन्त्री बीएस बोम्मई पनि कोरोना संक्रमित भएका छन्। उनले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

उनले आफ्नो स्वास्थ्य अहिले ठीक रहेको कारण घरमा नै आइसोलेसनमा बस्ने बताएका छन्। उनले आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई कोरोना परीक्षण गराउन सुझाव दिएका छन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved