नोबेल अतिरिक्त शुल्क प्रकरण : विद्यार्थीहरुले गरे सिडिओ कार्यालय घेराउ

  • पुस २९, २०७८
  • कालापानी मिडिया
alt

विराटनगर । विराटनगरस्थित नोेबेल मेडिकल कलेजले नियम विपरित शुल्क असुल गरेको विरुद्धमा आन्दोलित विद्यार्थीहरुले बुधबार सिडिओ कार्यालय घेराउ गरेका छन् ।

चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित शिक्षण शुल्क विपरीत विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुल गरेको भन्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् । बुधबार नोबेल मेडिकल कलेजमा चर्को नाराबाजी पश्चात अपरान्ह २ बजे उनीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् । उनीहरु १ घण्टा धर्ना समेत बसेका छन् । कलेजले आयोगद्वारा शिक्षण शुल्क मात्र लिन पाउने, निर्धारित शिक्षण शुल्कमै पठनपाठन पुनः सुचारु हुनुपर्ने र होस्टेल शुल्क नियमसम्मत हुनुपर्ने उनीहरुको माग छ । विद्यार्थीहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनीहरुको चेतावनी छ ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको शिक्षण शुल्क ४४ लाख ३६ हजार ५२ निर्धारण गरेको छ । तर, नोबेल शिक्षण अस्पतालले विश्वविद्यालय सम्बन्धन शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क र होस्टेल शुल्कलगायतका विभिन्न शीर्षकमा विद्यार्थीहरुसँग ३५ देखि ४० लाख रुपैयाँ अतिरिक्त असुल गर्दै आएको छ । चिकित्सा शिक्षा आयोगले छात्राबास ऐच्छिक हुने निर्णय गरेको भएपनि नोबेलले त्यसलाई अनिवार्य गरेर विद्यार्थीहरुसँग मासिक २४ हजार असुल गर्ने गरेको छ । यसबाहेक कलेजले खानाको ७ हजार र बिजुलीबत्तीको समेत बेग्लै शुल्क लिने गरेको छ ।

यसका अतिरिक्त नोबेल मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग काठमाण्डौं विश्वविद्यालय रजिष्ट्रेशन शुल्क बापत २५ हजार, काठमाण्र्डौ विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार ५ सय ७९, नोबेल मेडिकल कलेज रजिष्टे«शन शुुल्क बापत ५ हजार र काठमाण्डौं विश्वविद्यालय परीक्षा शुल्क बापत एकमुष्ठ ११ हजार असुल गर्ने गरेको विद्यार्थीहरु बताउँछन् ।

कलेजले भने अनुसारको पैसा नतिर्ने विद्यार्थीहरुलाई पठनपाठनबाट समेत बञ्चित गराउने गरिएको उनीहरुको भनाई छ । सोही विरुद्ध पौषको पहिलो हप्तादेखि संयुक्त विद्यार्थी संगठनको ऐक्यबद्धता सहित नोबेलको एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरु निरन्तर आन्दोलनमा छन् । तर, कलेजले हालसम्म उनीहरुको माग सुनुवाई गरेको छैनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved