ओमिक्रोनको जोखिम बढेपछि बीचमै रोकियो चितवन महोत्सव

  • पुस २९, २०७८
  • कालापानी मिडिया
alt

चितवन । नेपालमा तेस्रो लहर ल्याउनसक्ने ठानिएको कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिम बढेपछि चितवन महोत्सव समय छोट्याएर समापन गरिएको छ ।

कोरोना महामारीकै कारण गत वर्ष हुन नसकेको महोत्सव यस वर्ष माघ ४ गतेसम्म सञ्चालन गर्ने भन्दै पुस २५ देखि सुरु गरिएको थियो । तर गृहमन्त्रालयबाट मेला–महोत्सव रोक्न निर्देशन आएपछि जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय बैठकले जिल्लामा मेला–महोत्सव नगर्ने निर्णय गरेको थियो । सर्वदलीय बैठकको निर्णय मान्दै १० दिने चितवन महोत्सव चौथो दिनमै समापन गरिएको हो ।
 
बुधवार चितवन महोत्सवको १३औँ संस्करण समापन गर्दै उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले अर्काे वर्ष महोत्सवको १४औँ संस्करण आयोजना गर्ने घोषणा गरेका थिए ।

‘कोरोना महामारीको जोखिमका कारण हामी चौथो दिनमा महोत्सव समापन गर्दै छौँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘अर्को वर्ष अझ भव्य तरिकाले १४औँ संस्करणको महोत्सव आयोजना गर्नेछौँ ।’

पूरा समय महोत्सव सञ्चालन गर्न नपाएपछि आयोजक संस्था उद्योग वाणिज्य सङ्घ चितवनले स्टल राखेका व्यवसायीहरूलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरेको छ । 

महोत्सव तयारीदेखि हालसम्म करिब एक करोड रुपैयाँ खर्च भएको अनुमान गरिएको तथा के–कति घाटा वा नाफा हुने भन्ने विवरण पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । सम्झौताबमोजिम नै सबै प्रायोजकबाट रकम उठेमा घाटा नहुने आयोजकको भनाइ छ ।

महोत्सवमा चार सय स्टलहरु रहेका थिए । सात हजारदेखि २५ हजारसम्ममा स्टलहरू बिक्री गरिएको थियो । यस पटक चितवन महोत्सवमा चितवनको महको बजारीकरणलाई मुख्य प्राथमिकता दिइएको थियो । मौरीपालन व्यवसाय तथा महको बजारीकरणलाई जोड दिँदै महोत्सव परिसरमा मौरीको आकृति बनाएर सजाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved