काठमाडाैं । सरकारले आजदेखि सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोभिड—१९ सङ्क्रमण बढेसँगै सरकारले सिंहदरबार प्रवेशमा कडाई गरेको हो ।
गृह मन्त्रालयले अहिलेसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी र अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरेको जनाएको छ । अब नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गरिने मन्त्रालयको भनाइ छ ।
सरसफाइकर्मी र पत्रकारको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रका आधारमा प्रवेश दिइने मन्त्रालयका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए । सिंहदरबार परिसरभित्र सञ्चालन भएका चमेनागृहका लागि यसअघिकै पास र अस्थायी परिचयपत्रबाट प्रवेश पाउने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved